• २०८१ बैशाख ७ शुक्रबार

पाथीभरा गोल्डकप : चर्च ब्वाइज क्लव प्रतियोगिताको फाइनलमा

kharibot

फाइल तस्विर

 ताप्लेजुङ । चर्च ब्वाइज क्लव, काठमाडौँ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम नवप्रयास युवा क्लब ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै क्लव फाइनल प्रवेश गरेको हो । खेलको नवौँ मिनेटमा चर्च ब्वाइजका राजकुमार पौडेलले गरेको गोल नै फाइनल यात्राका लागि पर्याप्त बन्यो । 

चर्च ब्वाइजले सोमबार हुने उपाधी भिडन्तमा आइतबारको दोस्रो सेमिफाइलन विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाईजले यसअघि पहिलो चरणको खेलमा राष्ट्रिय जागृती क्लव, इटहरीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यता पथरी स्पोर्टिङ क्लब पथरीलाई २–० गोल अन्तरले पराजित गर्दै नबप्रयासले सेमिफाइनलको भिडन्त पक्का गरेको थियो । 

आइतबार हुने दोस्रो सेमिफाइनलमा शसस्त्र प्रहरीको दमक टिम र सगरमाथा युवा क्लब, विराटचौक, मोरङबीच प्रतिस्पर्धा हुनेछ । 

यही साउन ३० गते सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले ट्रफीसहित रु दुई लाख ११ हजार १११ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । लाखे जात्राको अवसर पारेर विसं २०२९ देखि हरेक वर्ष सो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै