आइतबार पनि भारी वर्षा हुने, सोमबारबाट मौसम सुधार आउने

खरीबोट

लगातार तीन दिन देखी परेको वर्षाको पानीले वीरगन्ज महानगरपालिको २० भन्दा बढी वडा डुवानमा परेका छन् । तस्बिर : विजय कुमार महतो, पर्सा, रासस

 काठमाडौँ । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । 

बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । 

आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ । 

आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ । 

आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ । 

गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् । 

सम्बन्धित समाचार

वर्षा नहुँदा बैतडीका किसान गहुँ छर्नबाट वन्चित

बैतडी । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहँु छर्न पाएका छैनन् । सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो ।

चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो

काठमाडौँ ।  मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ ।  संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको

मेसी अनुपस्थित खेलमा बार्सिलोनाको गोल वर्षा, कोपा डेल रेको अन्तिम १६ मा

काठमाडौँ । कोपा डेल रे अन्तर्गत बार्सिलोनाले रियल मुरीकामाथि ५-० को ठुलो जित हासिल गरेको छ ।  आफ्ना महत्वपूर्ण खेलाडी लियोनेल मेसी, लुइस स्वरेज, इनेष्टाल लगायतलाई विश्राम दिएको बार्सिलोनाले पहिलो लिगमा

रियल र रोनाल्डोको कम्ब्याक : एपोएलमाथि रियलको गोलवर्षा, रोनाल्डो र बेन्जमाको दुई-दुई गोल 

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको रेकर्डसँगै रियल म्याड्रिडले च्याम्पियन्स लिगमा साइप्रसको क्लब एपोएलमाथि शानदार विजय हासिल गर्दै विजयी लयमा फर्किएको छ ।  गएराती च्याम्पियन्स लिगको समुह चरणको खेलमा एपोएलमाथि ६-० को जित