आइतबार पनि भारी वर्षा हुने, सोमबारबाट मौसम सुधार आउने

खरीबोट

लगातार तीन दिन देखी परेको वर्षाको पानीले वीरगन्ज महानगरपालिको २० भन्दा बढी वडा डुवानमा परेका छन् । तस्बिर : विजय कुमार महतो, पर्सा, रासस

 काठमाडौँ । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । 

बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । 

आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ । 

आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ । 

आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ । 

गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् । 

सम्बन्धित समाचार

पिएसजीले डिजोनमाथि गोल वर्षा, नेइमारले गरे ४ गोल 

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले डिजोनलाई गोलको वर्षा गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले डिजोन ८-० ले पराजित भएको हो ।  पिएसजीको जितमा नेइमारले ४ गोल गरेका थिए भने

आजको दिन वर्षकै चिसो दिन : मौसमविद

काठमाडौँ ।  आजको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताउनुभयो । यसअघि पुस

गुल्मी पुगेर प्राधिकरण प्रमुख भुसालले भने - वर्षात अगाडि ६० प्रतिशत घर बनाउँछौं

गुल्मी / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताएका छन्  । सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितमा उत्साह थपिएकोे र पुनःनिर्माणले

वर्षान्त सन् २०१७ : विवादको केन्द्रमा राष्ट्रपति ट्रम्प

काठमाडांँ ।  यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उहाँको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उहाँलाई बढी विवादास्पद