• २०८१ बैशाख १२ बुधबार

अन्तरिक्ष स्टेसनमा रुसले पाँचतारे होटल बनाउने ! कति तिर्नुपर्ला एउटा पर्यटकले पैसा ? 

kharibot

मस्को । रुसेली अन्तरिक्ष एजेन्सी रोजकोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा एउटा फाइभस्टार होटल बनाउने तयारी गरेको छ । विशेषगरी धेरै धनीमानी पर्यटकलाई आकर्षित गर्ने गरी यस्तो तयारी गरिएको हो । 

मिरर युकेका अनुसार यो फाइभस्टार होटलमा चारवटा निजी क्याबिन हुनेछन् । हरेक क्याबिन दुई क्युबिक मिटरको हुनेछ भने यसमा यस्तो स्थान हुनेछ जहाँबाट ४०० माइल तल पृथ्वीतर्फ पनि देखिनेछ । 

 

 

एक अर्कै रिपोर्टअनुसार यो पाँचतारे होटलमा १६ इञ्चवाला एउटा ठूलो झ्यालसँगै खाने स्थान हुनेछ भने । यहाँ दुई हाइजिन र मेडिकल स्टेसन, व्यायाम उपकरण र वाइफाइ पनि उपलब्ध हुनेछ । 

पृथ्वीका दृश्यहरुहरु देख्नेबाहेक अन्तरिक्षख पर्यटकलाई स्पेसवाक अर्थात् अन्तरिक्षमा हिँड्ने मौका समेत दिइनेछ । यो प्रस्तावित होटलको अनमानित लागत मूल्य २ सय १० देखि ३ सय ३६ मिलियन पाउण्डको बीचमा हुनेछ । यसमा सरकारी र निजी लगानी रहने बताइएको छ । 

एकदेखि दुई हप्तासम्म बस्ने गरी हरेक पर्यटकसँग ४० मिलियन डलर खर्च लिइनेछ । जो पर्यटक एक महिनासम्म अन्तरिक्षमा बस्ने र हिँड्न चाहन्छन्, उनीहरुले भने २० मिलियन डलर छुट्टै पैसा तिर्नुपर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै