• २०८१ बैशाख ८ शनिबार

सञ्जय दत्तकी आमा बन्दै ऐश्वर्य राय बच्चन !

kharibot

बलिउड । ऐश्वर्य राय बच्चन भारतीय सिने क्षेत्रको निकै चर्चामा आइरहने नाम हो । उनको अहिले फेरी उनले  खेल्ने फिल्मको भूमिकालाई लिएर चर्चा चलिरहेको छ । भारतीय मिडियाहरुले ऐश्वर्य राय बलिउडका अर्का नायक संजय दत्तकी आमाको भूमिकामा देखिनसक्ने बताएका छन् ।

ऐश्वर्यले सञ्जयकी आमा नरगिसको भूमिका निभाउने बताइएको छ । यो सन् १९६७ मा रिलिज भएको फिल्मले ‘रात और दिन’को जस्तै कथावस्तु बोकेको हुनेछ । सत्येन बोसले निर्देशन गरेको त्यो फिल्मा प्रदीप कुमार, नरगिस र फिरोज खानले अभिनय गरेका थिए ।

यो फिल्म डार्क थ्रिलर हुनेछ । तरपनि अहिले सम्म ऐश्वर्यले यो फिल्म खेल्ने वा नखेल्ने यो विषयमा केही बोलेकी छैनन् । ‘रात और दिन’ फिल्म निकै चर्चित भएको थियो र नरगिसले यसमा राम्रो खभिनय गरेकी थिइन् । 

ऐश्वर्य राय यतिबेला ‘फन्ने खां’ को शूटिङमा छिन् । फन्ने खा मा उनी राजकुमार रावसँग रोमान्स गर्दै छिन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै