अबिरल वर्षाले प्राधिकरणको संरचना क्षति, विद्युत् आपूर्ति बन्द

खरीबोट

काठमाडौँ । मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । 

प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । 

त्यस्तै खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ । हेटौँडा– चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । 

यसैगरी मुलुकका अन्य स्थानमा रहेका सबस्टेशन तथा वितरण केन्द्रमा समेत पानीका कारण समस्या आएको भन्दै प्राधिकरणले विद्युत् आपूर्तिमा अवरोध पैदा भएको जानकारी दिएको छ । 

विगत केही दिनदेखि पूर्व तथा मध्य नेपालमा परेको अबिरल वर्षाका कारण प्राधिकरणको प्रशारण लाइन, सवस्टेशन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या आएकाले मर्मत कार्यमा विशेष ध्यान दिइएको जनाएको छ । 

युद्धस्तरमा मर्मत कार्य भइरहेको र यस कारणले गर्दा विद्युत् आपूर्तिमा पर्न गएको अवरोधले भएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ । छिटोभन्दा छिटो विद्युत् आपूर्तिका लागि कार्य भइरहेकाले संयमता अपनाउनसमेत प्राधिकरणले उपभोक्तामा आग्रह गरेको छ । 

सम्बन्धित समाचार

चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारण लाइन

काठमाडौँ ।  सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ ।  सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

काठमाडौँ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ ।  नेपाल विद्युत् प्राधिकरणले गरेको अनौपचारिक अध्ययनअनुसार हाल सञ्चालनमा रहेका बसको

सान्जेन जलविद्युत ८७ करोड रुपैयाँको साधारण सेयर खुल्यो

काठमाडौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज शुुक्रबारबाट ८७ करोड ६० लाख रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला गरेको छ ।  कम्पनीले एक सय रुपैयाँ अंंकित मुल्य कायम रहनेगरी दुुई चरणमा ८७ लाख

पाँच वटा बैंकले स्वेत गंगा हाईड्रो पावरमा चार अर्ब भन्दा बढी लगानी गर्ने

काठमाडौ । पाँच वटा बैंकले श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि.–तल्लो लिखु जलविद्युत आयोजना (२८.१मेगावाट) मा चार अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गर्ने भएकाछन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनलि. ले रामेछाप