नौ किलो सुनसहित दुई जना पक्राउ

खरीबोट

फाइल तस्विर

नुवाकोट । अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई आज नुवाकोट प्रहरीले पक्राउ गरेको छ । 

चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो । 

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नंको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक घले र पछाडी बसेका तामाङलाई गेर्खुबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाँच गरी फल्स बटम र शरीरमा बाँधेको अवस्थमा सुन बरामद गरिएको प्रनाउ कँडेलले बताए । 

सम्बन्धित समाचार

बालकमाथि बन्दुक प्रहार गर्ने तीन अभियुक्त सार्वजनिक

सल्लेरी, सोलुखुम्बु ।  भरुवा बन्दुक प्रहार गरेको घटनामा संलग्न तीन जना अभियुक्तलाई आज सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पत्रकारसम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।  सार्वजनिक हुनेमा दूधकौशिका गाउँपालिका–९ का २८

चार जना मानव तस्कर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार जना मानव तस्करहरुलाई पक्राउ गरेको छ । नेपाली युवालाई भिजिट भिसा (घुम्ने प्रवेशाज्ञा)मा दुवई लगी अलपत्र छाड्ने चार जनालाई राजधानी काठमाडौंबाट आइतबार

बृद्ध भत्ताको रकम लिएर जुवा खेल्ने वडा अध्यक्ष पक्राउ 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर तामाङलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेलिरहेका तामाङलाई सोमबार राति अँधेरीमा रहेको जुवाखालबाट १

मार्कसिट बनाई बेच्ने सञ्जालका सदस्य पक्राउ

कलैया । विभिन्न तहको नक्कली लब्धाङ्क पत्र (मार्कसिट) बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।  एसएलसी परीक्षको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी