• २०८१ बैशाख ८ शनिबार

वरिष्ठ न्युरोसर्जन डा.देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन

kharibot

काठमाडौँ ।  वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आज पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ । 

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल र उहाँको श्रीमती सरला रिजालको अग्रसरतामा आज दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो । 

डा रिजालले एसियाकै बरिष्ठ न्युरो चिकित्सक अस्वस्थ भएको खबरले चिन्तित बनाएकाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको बताए  । 

“उहाँको स्वास्थ्य अवस्था गम्भीर छ भन्ने बुझिएको छ, के भएको भन्ने आधिकारिक जानकारी भने आइसकेको छैन, तर हामी उहाँलाई चाँडै पूर्ण स्वास्थ्यलाभ होस् भन्ने कामना गरौँ”– उनले भने । 

नेपालका उत्कृष्ट न्युरो सर्जनका रुपमा परिचित ६३ वर्षीय देवकोटालाई जटिल रोग लागेको र उहाँको बेलायतस्थित किग्ङस कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै