• २०८१ बैशाख १४ शुक्रबार

अबको पर्यटकीय गन्तव्य अन्तरिक्ष ! यसरी हुँदै छ अन्तरिक्ष घुमाउने तयारी 

kharibot

अमेरिका / वैज्ञानिकहरुले अब मानिसहरुलाई अन्तरिक्षमा घुम्न जानसक्ने व्यवस्था मिलाउने भएका छन् । आउँदो नयाँ वर्ष २०१८ मै यो सोचले पूर्णता पाउनसक्ने बताइएको छ । यसको मतलब अब अन्तरिक्ष पर्यटकहरुको महत्वपूर्ण र रोमाञ्चक गन्तव्य बन्नसक्छ । 

गत मंसिरको अन्तिम हप्तामात्रै पर्यटकलाई अन्तरिक्ष लैजाने नयाँ रकेट क्याप्सुलको परीक्षण गरिएको थियो । ब्ल्यु ओरिजिनको वेष्ट टेक्सासमा रहेको लञ्च साइटमा क्रु क्याप्सुल २.० लाई अन्तरिक्षमा पठाइएको थियो । कम्पनीको दुईपटक प्रयोग गर्नसकिने रकेट लञ्चर, न्यु शेपर्डको सहयोगमा लन्च गरिएको थियो । यो क्याप्सुलमा बसेर मानिसहरु पृथ्वीबाट १०० किमि माथिसम्मको रोमाञ्चक यात्रा गर्न सक्नेछन् । 

न्यु शेपर्डले सात पटक यस्तो उडान भरिसकेको छ । रकेट लञ्चरलाई दुई पटकसम्म प्रयोग गर्न सकिने भएपछि अन्तरिक्ष यात्राको खर्च समेत कम हुने अपेक्षा गरिएको छ भने यसबाट धेरैभन्दा धेरैले अन्तरिक्षको रोमाञ्चक यात्रा गर्न पाउने आशा गरिएको छ । 

नयाँ क्रु क्याप्सुल मार्चमा पहिलोपटक देखाइएको थियो । यो २.४ फिट फराकिलो र ३.६ फिट अग्लो भर्यांग छ । ब्ल्यु ओरिजिन र अमेजनका संस्थापक जेफ बेजोसका अनुसार यति धेरै खुड्किला लिएर अन्तरिक्ष जाने यो नै पहिलो क्याप्सुल हो । 

यसमा ६ वटा लेदर सिटहरु छन् । सबै सिटमा छुट्टाछुट्टै स्क्रिन लगाइएको छ । यसबाट स्पेस पर्यटकलाई फ्लाइटको बारेमा जान्ने मौका मिल्छ । आपत्कालीन स्थिति आउन सक्ने भएकाले यात्रीहरुलाई बचाउन क्याप्सुलको बीचमा मोटर पनि जडान गरिएको छ । ब्ल्यु ओरिजिनका मुख्य कार्यकारी बब स्मिथका अनुसार परीक्षण उडानहरु अत्यधिक सफल भएका छन् । 

  • नवभारत टाइम्सबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै