अन्तिम मिनेटमा गोलगर्दै वाटफोर्डले लिभरपुललाई बराबरीमा रोक्यो

खरीबोट

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र वाटफोर्डबीचको खेल बराबरीमा सकिएको छ । सिजनको पहिलो खेलमा लिभरपुलले खेलको अन्तिम मिनेटमा गोल खादै बराबरीमा चित्त बुझाएको छ भने वाटफोर्डले लिभरपुलसँग एक अंक लिन सफल भएको छ ।

खेलको ८औ मिनेटमा वाटफोर्डले ओकाकाको गोलमा सुरुवाती अग्रता लिएको थियो भने लिभरपुलले २९औ मिनेटमा मानेको गोलमा बराबरी गर्दै खेलमा फर्किएको थियो । तर त्यसको तीन मिनेटमा नै वाटफोर्डका डोउकोरेले गोल गरे र खेलमा २-१ को अग्रता हासिल गरेको थियो ।

पहिलो हाफमा वाटफोर्डले २-१ को अग्रता लिएकोमा खेलको ५५औ मिनेटमा लिभरपुलका फिरमिनोले पेनाल्टी मार्फत गोल गर्दै खेल २-२ गोलको बराबरी गरेका थिए भने ५७औ मिनेटमा लिभरपुलका मोहमद सलाहले गोल गर्दै खेलमा ३-२ गोलको अग्रता लिएका थिए ।

लिभरपुलको अग्रतालाई खेलको अन्तिम मिनेटमा वाटफोर्डका ब्रिटोसले गोल गर्दै तोडेका थिए । बराबरीसँगै वाटफोर्डले लिभारपुलसँग अंक छिन्न सफल भएको छ ।

सम्बन्धित समाचार

एथ्लेटिको मड्रिडले जित्यो प्रि-सिजनको आउडी कप 

स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले जर्मनीमा भएको प्रि–सिजन भ्रमण अन्तर्गतको आउडी कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई टाइब्रेकरमा हराउँदै एथ्लेटिको मड्रिडले

अन्तिम मिनेटमा गोलगर्दै वाटफोर्डले लिभरपुललाई बराबरीमा रोक्यो

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र वाटफोर्डबीचको खेल बराबरीमा सकिएको छ । सिजनको पहिलो खेलमा लिभरपुलले खेलको अन्तिम मिनेटमा गोल खादै बराबरीमा चित्त बुझाएको छ भने वाटफोर्डले लिभरपुलसँग एक

मानेको गोलमा लिभरपुलको जित 

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा लिभरपुल विजयी भएको छ ।   लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र गोल साडियो मानेले गरेका थिए

लिभरपुल च्याम्पियन्स लिगमा छनौट, ईङलिश क्लब को को खेल्दै छन् ? 

काठमाडौँ । ईङलिश क्लब लिभरपुलले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । गएराती भएको खेलमा होफेनहेइमलाई ६-३ को समग्र नतिजा निकाल्दै लिभरपूल यस सिजनको च्याम्पियन्स लिगका लागि छनौट भएको हो ।