• २०८१ बैशाख ८ शनिबार

अन्तिम मिनेटमा गोलगर्दै वाटफोर्डले लिभरपुललाई बराबरीमा रोक्यो

kharibot

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र वाटफोर्डबीचको खेल बराबरीमा सकिएको छ । सिजनको पहिलो खेलमा लिभरपुलले खेलको अन्तिम मिनेटमा गोल खादै बराबरीमा चित्त बुझाएको छ भने वाटफोर्डले लिभरपुलसँग एक अंक लिन सफल भएको छ ।

खेलको ८औ मिनेटमा वाटफोर्डले ओकाकाको गोलमा सुरुवाती अग्रता लिएको थियो भने लिभरपुलले २९औ मिनेटमा मानेको गोलमा बराबरी गर्दै खेलमा फर्किएको थियो । तर त्यसको तीन मिनेटमा नै वाटफोर्डका डोउकोरेले गोल गरे र खेलमा २-१ को अग्रता हासिल गरेको थियो ।

पहिलो हाफमा वाटफोर्डले २-१ को अग्रता लिएकोमा खेलको ५५औ मिनेटमा लिभरपुलका फिरमिनोले पेनाल्टी मार्फत गोल गर्दै खेल २-२ गोलको बराबरी गरेका थिए भने ५७औ मिनेटमा लिभरपुलका मोहमद सलाहले गोल गर्दै खेलमा ३-२ गोलको अग्रता लिएका थिए ।

लिभरपुलको अग्रतालाई खेलको अन्तिम मिनेटमा वाटफोर्डका ब्रिटोसले गोल गर्दै तोडेका थिए । बराबरीसँगै वाटफोर्डले लिभारपुलसँग अंक छिन्न सफल भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै