• २०८१ बैशाख ११ मंगलबार

आजदेखि पर्सा बन्य जन्तु आरक्ष बन्यो राष्ट्रिय निकुञ्ज

kharibot

तस्विर : खरीबोट

बारा । पर्सा बन्य जन्तु आरक्ष  शनिवारबाट औपचारिक रुपमा निकुञ्ज भएको छ । निकुञ्जले हात्ती दिवसको अवसर पारेर शनिवार गरेको विशेष कार्यक्रममा औपचारिक घोषणा गरेको हो ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर २०४० मा स्थापना भएको उक्त आरक्षलाई वन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निकुञ्ज घोषणा गरेको हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले आरक्षलाई निकुञ्ज बनाउँन जोड् दिएको हो । 

सरकारले ३४ वर्ष अघि स्थापना गरेको पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा गरेको निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । पर्सा निकुञ्ज घोषणासँगै मुलुकमा निकुञ्जको संख्या १२ पुगेको छ । 

निकुञ्ज घोषणा गरिएकाले यस क्षेत्रमा पर्यटन प्रवद्र्धन हुँने सम्भावना रहेको महानिर्देशक खड्काले बताए । आरक्ष भित्रको रमौली प्रतापपुर , रामभोरी भाठा लगायत क्षेत्रमा बाघ , एक सिंङ्गे गैंडा , गौरी गाई लगायत वन्यजन्तु अवलोकन गर्न सकिने उनले बताए । 

हलखोरिया ताल , नजिकैको गढीमाई , मकवानपुरको दामन क्षेत्र , जनकपुर , सिम्रौनगढ लगायत क्षेत्रमा पनि पर्यटकलाई व्यस्त बनाउँन सकिने खड्काले कार्यक्रममा जानकारी दिए । 
पर्सा वन्यजन्तु आरक्षमा विगत ३४ वर्ष देखि प्रजाती संरक्षण बाहेक पर्यटन प्रवद्र्धन शून्य प्राय थियो । अहिले आरक्षमा भौतिक पूर्वाधार , बाटाघाटा , पर्यटकीय सम्भावना बढेकाले निकुञ्ज घोषणा गरिएको हो । 

बारा , पर्सा र मकवानपुरको ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा आरक्षमा विश्व मैं दुर्लभ पाटे बाघ , एक सिंङ्गे गैंडा , गौरी गाई , घोड गधा मुख्य आकर्षण हुँन् । 
पर्सा आरक्षमा भौतिक पूर्वाधार पर्याप्त हुँनुका साथै पर्यटकीय गन्तव्य समेत बढेको भन्दै विभागले निकुञ्ज घोषणाका लागि प्रस्ताव पठाएको थियो । आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) हरिभद्र आचार्यले विगतमा भन्दा आरक्षमा भौतिक पूर्वाधार , होटल , हवाई सुविधा र सडक यात्रा समेत सहज हुँनुका साथै स्थानीय समेत उत्साही भएकाले निकुञ्ज घोषणा गरिएको बताए । 

राजधानी काठमाण्डौंसँगको छोटो बाटो र सहज यातायात , काठमाण्डौंबाट नजिकको सिमरा विमान स्थल , सिमरामा खुलेका सुविधा सम्पन्न होटलका कारण पनि निकुञ्ज घोषणाले पर्यटक प्रवद्र्धन हुँने वार्डेन आचार्यले बताए । भारतीय सीमा रक्सौल नजिक भएकाले पनि भारतीय पर्यटक तान्न सकिने उनको धारणा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै