• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनाले जित्यो एल क्लासिको, रियलविरुद्ध गर्यो ३ गोल 

kharibot

काठमाडौं । स्पेनिश ला लिगा अन्तर्गत एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ३-० को जित हासिल गरेको छ । रियल म्याड्रिडको घरेलु मैदानमा शनिबार भएको एल क्लासिको बार्सिलोनाले जितेको हो । 

बार्सिलोनाको जितमा लुइस स्वरेज र लियोनेल मेसीले गोल गरेका हुन् । पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५४औ मिनेटमा बार्सिलोनाका लुइस स्वरेजले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो ।

खेलको ६३औ मिनेटमा रियलको डी-बक्समा हातले बल रोकेपछि रियलका डानियल कर्भाजलले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भएको थियो । कर्भाजलको सोहि फाउलमा पाएको पेनाल्टीमा बार्सिलोनाका लियोनेल मेसीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा एलेक्स भिडालले मेसीको पासमा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए ।

यो जितपछि बार्सिलोना ला लिगामा १७ खेलमा ४५ अंक सहित शिर्ष स्थानमा कायम रहेको छ । चौथो स्थानमा रहेको रियल म्याड्रिड भन्दा १४ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल म्याड्रिडको १६ खेलमा ३१ अंक रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै