• २०८१ बैशाख ८ शनिबार

खानेपानी लिमिटेडको अध्यक्षमा काठमाडौं महानगरका कार्यकारी अधिकृत शर्मा 

kharibot

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अध्यक्षमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा सर्वसम्मत भएका छन् । 

लिमिटेडमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, खानेपानी तथा सरफाइ मन्त्रालय, र चेम्बर अफ कमर्श शेयर सदस्य छन् । यी शेयर सदस्यकावीच सञ्चालक समितिको अध्यक्षता कसले गर्ने भन्ने विषयमासहमति हुन नसक्दा गएको ८ महिनादेखि अध्यक्ष नियुक्त हुन सकेको थिएन । 

यसैवीच शुक्रबार बसेको सञ्चालकहरुको बैठकले अध्यक्षमा शर्माको नाममा सर्वसम्मति गरेको हो । महानगरसँगै अध्यक्ष पदकालागि खानेपानी तथा सरसफाइ मन्त्रालयको दावी थियो । 
मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा लिमिटेडको अध्यक्षमा शर्मा आउनुलाई स्थानीय तहको नेतृत्व अवसरका रुपमा लिइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै