• २०८१ बैशाख ७ शुक्रबार

निर्वाचन सकिएसँगै फास्ट ट्रयाक निर्माण कार्यले गति लियो

kharibot

बारा । स्थानीय तह , प्रदेशसभा तथा प्रतिनिधी सभाको निर्वाच सकिए लगत्तै काठमाण्डौंलाई तराईसँग जोड्ने एक महत्वपूर्ण मार्गका रुपमा रहेको काठमाण्डौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई नेपाली सेनाले तिब्र गतिमा अगाडी बढाएको छ । 

स्थानीय जनप्रतिनिधिसँगै प्रदेश र प्रतिनिधिसभाका सद्स्य समेत निर्वाचित भए लगत्तै यस कार्यले गति लिएको हो । 

काठमाण्डौं देखि बाराको निजगढमा जोडिने सो दु्रतमार्गको कामलाई अगाडी बढाउँन सेनाले विभिन्न स्थानमा शिविर खडा गरेर कामलाई अगाडी बढाएको छ । 

पहिलो चरणमा जिरो प्वाईन्ट मानिएको पुर्व पश्चिम महेन्द्र राजमार्गको निजगढ देखि करिब ७ किलोमिटर उत्तर बकैया खोला सम्म ट्रयाक खोल्नका लागि द्रुत गतिमा जंगलका करिब एक हजार वटा रुख कटान गरी त्यसको व्यास्थापनमा नेपाली सेना जुटीरहेका छन् ।

निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउँन जिरो प्वाईन्टबाट ४० मिटर चौंडा  सडक सम्याउँने कामको थालनी समेत भएको छ ।

खोलिएका सडकका ट्रयाकहरुलाई सफा गर्ने , सम्याउँने र मोडहरु मिलाउँने काम करिब करिब अन्तिम चरणमा पुगेको बताउँदै सहायक रथी भरत बहादुर खड्काले ईन्जिनिरले गरेको डिजाईन अनुसार कामलाई गति दिने जानकारी दिए । 

उनले सरोकारवालाको साथ र सहयोग रहेमा राष्ट्रिय गौरवका योजना अन्तरर्गत पर्ने यो योजनालाई गुणस्तरीय तरिकाले चार वर्ष भित्र सम्पन्न हुँने गरी कार्य योजना बनाएर काम अगाडी बढाएको समेत बताए । 

कटान क्षेत्रमा बिजुलीको बन्दोबस्त गरिने तयारी गरिए पनि सो को बन्दोबस्त नभएकोमा भने चिन्ता उनले व्यक्त गरेका छन् । कटान क्षेत्रमा बिजुली जडान गरिने २४ सै घण्टा काममा समय दिन सकिने र काम छिट्टै सकिने बताए ।

काठ दाउरा व्यास्थापनको पाटोमा झन्झटिलो र प्रकृया प्रणाली पुरानैं शैलीमा रहेको समेत प्रतिकृया उनले व्यक्त गरे । कटान प्रणालीलाई सहज र छिटो छरितो बनाई काममा दु्रतता दिन आवश्यक रहेकोमा बनको कटान प्रकृया झन्झटिलो र समय लाग्ने खालको रहेकाले खड्काले रुख कटान प्रणालीमा आधुनिकता ल्याउँन आवश्यक रहेको समेत बताए । 

काठमाण्डौंमा ४ दशमलव ९ , ललितपुरमा ७ दशमलव ९ , मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ किलोमिटर गरी कुल ७६ दशमलव २ किलोमिटरको यो सडक निर्माण कार्य १० स्थानबाट आरम्भ गरेर समयमा सम्पन्न गर्ने सेनाले तैयारी गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै