बाढी पहिरोका कारण अहिलेसम्म ३० जनाको मृत्यु

खरीबोट

तस्विर : रासस

काठमाडौँ ।  शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन÷तीन, बारामा दुई, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक-एक जना गरी ३० जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । 

यसैबीच, गृहमन्त्री जनार्दन शर्माले देशैभरि बाढी पहिरोका कारणले मृत्यु हुनेप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

आज गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए । आफू बाढी प्रभावित जिल्लामा जान चाहेपनि मौसमका कारण जान नपाएको उनले बताए । उनले मौसमले साथ दिनेबित्तिकै त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराए । 

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीलाई तत्काल उद्धार कार्यमा परिचालित गर्न आफूले यसअघि नै निर्देशन दिइसकेको तथा नेपाली सेनासमेत सक्रिय रुपमा उद्धारमा जुटिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार राहत र उद्दारका लागि हेलिकप्टरको समेत प्रयोग भइरहेको छ । 

उनले डुबानमा परेका जनता, राजनीतिक दल, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको बता  । 

सम्बन्धित समाचार

विजय र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोट ।  नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्यालीमा सहभागी भएर फर्कदै

रौतहटमा झडप, एकको मृत्यु

गौर, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आज साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्युु भएको छ ।  चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु

बसको ठक्करबाट दुईजनाको मृत्यु

रत्ननगर, चितवन ।  चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना

मतदान गर्न जाने क्रममा महिलाको मृत्यु

डोटी । जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ ।  दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले