• २०८१ बैशाख ७ शुक्रबार

यस्तो छ सलमानको ‘टाइगर जिन्दा है’ को पहिलो दिनको कमाई 

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ ले रिलिजको पहिलो दिन भारतीय बक्स अफिसमा ३५ करोडको व्यापार गरेको छ । 

भारतीय मिडियाका अनुसार ‘टाइगर जिन्दा है’ ले भारतमा मात्र होइन विदेशी बक्स अफिसमा पनि राम्रो कमाई गरेको उल्लेख गरेका छन् । घरेलु र विदेशी बक्स अफिसमा गरी ६० करोडको व्यापार गरेको छ ।

फिल्मले शनिबार र आइतबार पनि राम्रो व्यापार गर्ने देखिएको छ । भारतमा करिब ४६ सय प्रिन्टमा रिलिज भएको छ भने अधिकांश शो हाउस फुल चलिरहेको उल्लेख गरिएको छ । सोमबार क्रिशमसको सार्वजनिक बिदाको फाइदा पनि यस फिल्मलाई हुने देखिएको छ । 

बलिवुडका फिल्म विश्लेषकहरुले सलमान खानको अहिलेसम्म धेरै ब्यापार गरेको फिल्म बजरंगी भाइजानको ३२४ करोडको रेकर्डलाई तोड्ने विस्वास गरिएको छ । 

सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा है’मा लगभग ५ वर्षपछि सलमान खान र कट्रिना कैफको जोडीलाई देख्न सकिन्छ । 

सलमान र कट्रिना दुवै पूर्वप्रेमी पनि हुन्  । यस अर्थमा अपनी दुवैका फ्यानहरुले उनीहरुको पर्दामा पुनरागमनलाई प्रतिक्षा गरेर बसेका थिए । यस फिल्मपछि सलमान र कट्रिन फेरी प्रेम सम्बन्धमा रहेको चर्चा बलिवुडमा चलेको छ । उनीहरुको अहिलेको केमेष्ट्री हेर्दा पनि दुवैको प्रेम सम्बन्ध अहिले पनि रहेको अनुमान गर्न सकिन्छ । यद्यपी दुवैले सार्वजनिक रुपमा यस बारे केहि बोलेका छैनन् ।

निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरले पनि धेरै रेकर्ड बनाइसकेको छ । यस फिल्मको ट्रेलरले बाहुबली २ को ट्रेलरको रेकर्ड समेत तोडेको छ । त्यस्तै, ‘टाइगर जिन्दा हे’ सोसियल मिडियामा सबैभन्दा बढी कमेन्ट, लाइक र सेयर पाएको छ । 

फिल्मको ट्रेलर रिलिज भएको २४ घण्टामै २९ मिलियन भ्यूज पाएको थियो भने फिल्मको पहिलो गित ‘स्वाग से स्वागत’लाई पनि दर्शकले अत्यन्त मन पराएका छन् ।  फिल्मले भारतमा ४६ सय स्क्रिन पाएको छ भने भारत बाहिर ११ सय स्क्रिन पाएको बलिवुडका फिल्म समिक्षक तरण आदर्शले जानकारी दिएका छन् ।

आदर्शका अनुसार फिल्म १३० करोडको लगानीमा बनेको र फिल्मको प्रमोशनमा करिब २० करोड खर्च भएको छ । यसरी हेर्दा फिल्मको कुल खर्च १५० करोड रहेको बताइएको छ । यशराजको ब्यानरमा बनेको यस फिल्ममा सलमान र कट्रिनालाई एक्शन अवतारमा देख्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै