• २०८१ बैशाख १२ बुधबार

एल क्लासिको प्रिभ्यु : कसले जित्ला एल क्लासिको ?  

kharibot

काठमाडौँ । स्पेनिश ला लिगाको बहुप्रतिक्षीत खेल एल क्लासिको आज हुदै छ । 

ला लिगाका चीर प्रतिद्वन्दी रियल म्याड्रिड र बार्सिलोना दुवैका लागि आजको क्लासिको यस सिजनको ला लिगाको उपाधिका लागि निर्णायक मानिएको छ ।

खेल अगाडी अनेकौ रिपोर्ट बाहिरिए पनि दुवै टिमका प्रमुख खेलाडीहरु फिट रहेका छन् । आज हुने खेलका लागि रियलका रोनाल्डो र ग्यारेथ वेल खेलका लागि पूर्ण फिट रहेको बताइएको छ ।

ला लिगामा रियलको प्रदर्शन यस सिजनमा राम्रो प्रदर्शन नगर्दा लिगको चौथो स्थानमा रहेको छ भने बार्सिलोना ला लिगामा अपराजित रहेको छ । बार्सिलोना ला लिगामा १६ खेलमा १३ खेलमा जित र ३ खेल बराबरी खेलेको छ भने  रियलले खेलेका १५ खेलमा केबल ९ खेलमा जित हासिल गरेको छ भने ४ खेल बराबर र २ खेलमा हार बेहोरेको छ ।

ला लिगामा बार्सिलोनाबाट यस सिजनमा लियोनेल मेसीले १४ गोल गरेका छन् भने लुइस स्वरेजले ९ गोल गरेका छन् । त्यस्तै पाउलिन्होले ६ गोल गरेका छन् । तर रियल म्याड्रिडका तर्फबाट क्रिस्टियानो रोनाल्डो, मार्को असेन्सियो र इस्कोले ४-४ गोल गरेका छन् । 

क्लासिकोको इतिहासमा भने मेसीले सर्वाधिक २४ गोल गरेका छन् जसमा ला लिगामा १६ र अन्य खेलमा ८ गोल गरेका छन् । त्यस्तै रोनाल्डोले भने १७ गोल गरेका छन् । रियल म्याड्रिडका तर्फबाट डि स्टेफानोले क्लासिकोमा सर्वाधिक १८ गोल गरेका छन् ।  

यस बर्ष भएका दुई क्लासिको दुवै रियल म्याड्रिडले जितेको छ । स्पेनिस सुपर कपमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा ३-१ ले जितेको थियो भने अर्को खेल आफ्नै घरेलु मैदानमा २-० मा जितेको थियो ।

दुवै क्लबको इतिहासमा आज खेलिन् लागेको क्लासिको २३७औ खेल हो । जसमा यस अघि खेलिएका २३६ खेलमा रियल म्याड्रिडले ९५ खेलमा जित हासिल गरेको छ भने बार्सिलोनाले ९२ खेलमा जित हासिल गरेको छ । त्यस्तै ४९ खेल बराबरीमा सकिएको छ ।

ला लिगामा दुवै टिमका लागि अत्यन्त महत्वपूर्ण खेलमा आँकडा जे जस्तो भएपनि दुवै टिम कोहि भन्दा कोहि कम देखिदैनन् । रियललाई आफ्नो घरेलु मैदान केहि फाइदाजनक हुने देखिएको छ भने बार्सिलोनाका लागि भने यस सिजनमा देखिएको फर्मलाई निरन्तरता दिने चुनौती हुने छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै