अनशन तोड्न डा केसीलाई अपिल

खरीबोट

फाइल तस्विर

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आमरण अनशनरत डा गोविन्द केसीले राखेका माग पूरा भइसकेको भन्दै अनशन तोड्न आग्रह गरेका छन् । 

व्यवस्थापिका–संसद्, महिला, बालिबालिका ज्येष्ठ नागरिक समितिले डा केसीले उठाउनुभएका विषयवस्तुलाई समेटेर तयार गरिएको चिकित्सा शिक्षा विधेयक २०७३ शुक्रबार पारित गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा केसी चिकित्सा शिक्षा विधेयक पारितलगायत विभिन्न माग राख्दै २० दिनदेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा छन् । 

शंखादेवी भूपू विद्यार्थी समाजले यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले डा केसीका सम्पूर्ण माग पूरा भइसकेको सन्दर्भमा डा केसीले जतिसक्दो चाँडो अनशन तोड्ने विश्वास व्यक्त गरे । 

शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि डा केसीले अनशनलाई निरन्तरता भएको भन्दै मुख्य माग पूरा भएकाले सामान्य मागमा अडान नलिनसमेत उपप्रधानमन्त्री श्रेष्ठले आग्रह गर्नुभयो । “अस्थायी शिक्षकको मागलाई समेत पूरा गर्नका लागि म प्रतिबद्ध छु”– उनले भने । 

त्यसैगरी शिक्षा मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी चिकित्सासम्बन्धी विधेयक संसद्मा पेस भई शीघ्र निर्णय हुने अवस्थामा रहेका साथै अन्य माग पनि तत्काल सम्बोधन हुनसक्ने अवस्था रहेको हुँदा तत्काल अनशन तोड्न डा केसीलाई अपिल गरेको छ ।

सम्बन्धित समाचार

प्रमुख तीन दलका शीर्ष नेताद्वारा डाक्टर केसीलाई अनशन तोड्न आग्रह

काठमाडौँ, प्रमुख तीन दलका शीर्ष नेताले अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शुक्रबार सिंहदरबारमा भएको छलफलमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले

डा केसीको अनशन बारेको समितिको छलफलमा शिक्षा र स्वास्थ्यमन्त्री अनुपस्थित

काठमाडौँ । शिक्षा र स्वास्थ्यमन्त्री नआउँदा अनशनरत डा गोविन्द केसी सम्बन्धित विषय सामाजिक तथा मानवअधिकार समितिमा छलफल हुन सकेन ।  समितिले आज उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई डा

डा. गोविन्द केसिको समर्थनमा कैलालीको बौनियामा बृहत र्याली सम्पन्न 

कैलाली । त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा.गोबिन्द केसीको समर्थनमा आज जुनकिरी नेपालको आयोजनामा कैलालीको बौनिया बजारमा बृहत र्याली सम्पन्न गरिएको छ ।  डा. केसीको ११औं पटकको अनसनको आज १९

सरकारले मनमोहन मेडिकल कलेज किन्न पहल गर्ने 

काठमाडौँ । सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज खरिद गर्नका लागि पहल गर्ने भएको छ।  अनशनरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह बोलाएको बैठकले यस्तो निर्णय गरेको