• २०८१ बैशाख ११ मंगलबार

एल क्लासिको अघि रोनाल्डो ट्रेनिंगमा फर्किए, रियल म्याड्रिडमा खुशियाली 

kharibot

काठमाडौँ । शनिबार हुने एल क्लासिकोमा रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पुरा ट्रेनिंगमा फर्के पछि रियल म्याड्रिडमा उत्साह थपिएको छ । 

गत साता भएको क्लब विश्वकपको फाइनल खेलमा मांशपेशीमा समस्या भएपछि रियल म्याड्रिडको पुरा ट्रेनिंगमा सामेल भएका थिए ।

गत मंगलवार र बुधबार रोनाल्डोले एक्लै ट्रेनिंग गरेको क्लबका प्रवक्ताले जानकारी दिएका थिए । रोनाल्डोले पनि कल्ब विश्वकपको फाइनलको दोस्रो हाफमा आफ्नो मांशपेशीमा समस्या हुदा पनि आफु सो खेल पुरा खेलेको बताएका थिए ।

शुक्रबारको ट्रेनिंगमा रोनाल्डो आफ्ना सहकर्मी साथीहरुसँग मजाक गरिरहेको देखिएपछि म्याड्रिडका फ्यानहरुमा खुशी छाएको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् ।

ला लिगामा ११ अंकले पछाडी परेको रियल शनिबार एल क्लासिकोमा बार्सिलोनासँग जित्नै पर्ने खेल खेल्दै छ । बार्सिलोना रियललाई हराएर ला लिगाको उपाधि सुनिस्चित गर्ने दाउमा छ भने रियल म्याड्रिड क्लासिको जितेर ला लिगा जित्ने दौडमा कायम रहन चाहेको छ । रियलको यस चाहनामा रोनाल्डोको उपस्थितिले थप हौसला प्रदान गरेको छ ।  
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै