• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय पौडी प्रतियोगिता बिहीबारदेखि, १ सय ४४ खेलाडीको सहभागिता हुदै

kharibot

फाइल तस्विर

काठमाडौँ  राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा नेपाल पौडी संघको आयोजनामा २० औं राष्ट्रिय पौडी प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा हुने भएको छ ।

प्रतियोगितामा ५ विकास क्षेत्र, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबबाट १ सय ४४ खेलाडीको सहभागिता रहने पौडी संघका महासचिव जगतमान श्रेष्ठले जनाएका छन् । ९५ पुरुष र ४९ महिला खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

दुईदिने प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न पौडी संघकी उपाध्यक्ष गीता राणाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै