• २०८१ बैशाख ८ शनिबार

बाढीको कहर : बारामा दुईको मृत्यु, सयौं घर डुबानमा 

kharibot

बारा ।  बिगत तीन देखिको लगातारको वर्षा पछि आएको बाढिका कारण बारामा दुई जनाले ज्यान गुमाएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत निजगढमा भने सवारी आवागमन आठ घण्टा अवरुद्ध भएको छ ।

बाराको पचरौतामा रहेको जमुनी खोलाको बाढिमा डुबेर एक बृद्धको मृत्यु भएको छ । पचरौता गाउँपालिका वडा नं.९ स्थित बल्ढुस्वामा रहेको रामजानकी मन्दिरको बृद्धाश्रममा बस्दै आएका बारा आदर्श कोतवाल गाउँपालिका वडा नं.९ का ७० वर्षिय बृद्ध व्रम्हदेव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।

यस अघि शनिवार विहान सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वाकी ४५ वर्षिय गहनीदेवि पासवानको मृत्यु भएको थियो । घर भित्र बसिरहेकी पासवानको वर्षातका कारण घर भत्कँदा शनिवार विहान साँढे ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आदर्श कोतवाल गाउँपालिका मा ५ वटा घर भत्किएको छ । २५ घर डुवानमा परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका १० वेहरा टोलमा ३० घर डुबानमा परेका छन् । भने नितनपुरटोलको दलित बस्ती पुरै डुबानमा परेको छ । त्याँहाको २२ घरपरिवार डुबानमा परे पछि उनीहरुको बिच्चली छ ।

ईलाका प्रहरी कार्यालय निजगढका अनुसार निजगढ नगरपालिका वडा नं.८ का रणबहादुर बुढाथोकीको २ तले घर बाढिका कारण भत्किएको छ । निजगढ नगरपालिकाका २ दर्जन बढि घर डुबानमा परेको छ । निजगढमा मूख्य राजमार्ग नैं डुबानमा परे पछि यातायात समेत अवरुद्ध भएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल मर्मतका क्रममा रहेको र बेलिब्रिज पुलबाट सञ्चालित यातायात अवरुद्ध भएको छ । पुल मर्मतका लागि बनाईएको अर्को वेली व्रिजबाट यातायात सञ्चालन नभए पछि अहिले मर्मत कै क्रममा रहेको पुरानो पुलबाट सवारी आवागमन भईरहेको प्रहरीले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनी क्षेत्रमा केहि घर डुबानमा परेका छन् भने सिमराको एयरपोर्ट नजिकको बस्तिमा ७ वटा घरहरु डुबानमा परेका छन् । सिमराको मूख्य चोकमा पानीको कारण यातायात सञ्चालनमा अवरोध भएको छ । 

कलैया उपमहानगरपालिका वडा नं.१४ वघवन र भवरा टोलमा बाढिका कारण घरहरु डुवानमा परेको वडा कार्यालयका सचिव रमेश कुमार मोदकले जानकारी दिए ।  सिमराको न्यू सिमरा कोलोनी भित्र पर्ने बाहुनी खोलामा निर्माण भएको कल्भर्ट भत्कँदा बजनीबाट कोलोनी हुँदै औराहा , विसौलिया तर्फ जाने सवारी रोकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै