• २०८१ बैशाख ४ मंगलबार

डा.उपेन्द्र देवकोटा लन्डनमा अचानक बेहोस भएपछि हस्पिटलमा भर्ना

kharibot

काठमाडौँ । न्यूरो सम्बन्धी बरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटा आकस्मिक रुपमा बिरामी परेपछि लन्डनको किंग्स कजेज हस्पिटलमा भर्ना भएका छन् ।

बिरामी चेक गर्न बेलायत गएका देवकोटा अचानक बेहोस भएपछि बिगत दुई सातादेखि उपचाररत छन् ।

डाक्टर देवकोटा लन्डनस्थित हस्पिटलमा बिरामी जाँच गर्ने क्रममा आफैं फेन्ट भए पछि उनलाई उपचारको लागि भर्ना गरिएको हो ।

उनको स्वास्थ्य स्थिति अहिले सामान्य नै रहेको बताईएको छ । कसैको व्यक्तिगत सूचना सार्वजनिक नगर्ने प्रचलन अनुरूप उनलाई के भएको हो भन्ने आधिकारिक जानकारी हस्पिटलले दिएको छैन । 

डा.देवकोटा नेपालमा मात्रै नभएर दक्षिण एसियामै न्यूरो सर्जकको रूपमा ख्याती कमाएका न्यूरो चिकित्सक मानिन्छन् ।

तत्कालिन राजा ज्ञानेन्द्रको पालामा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देवकोटा काठमाडौँको बाँसबारीमा रहेको न्यूरो हस्पिटलका सञ्चालकसमेत रहेका देवकोटा केही साताअघि बेलायत गएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै