• २०८१ बैशाख १३ बिहीबार

सिंगापुरमा सन्दीपको जादु, प्रतियोगितामा अहिलेसम्म लिए २३ विकेट

kharibot

 नेपाली अन्डर १९ टिमका कप्तान तथा स्पिनर सन्दीप लामिछानेको सिंगापुरमा जारी विश्वकप छनौट खेलमा जादु चलेको छ ।

अहिलेसम्म ५ खेल खेलेका सन्दीपले कुल २३ विकेट लिएर प्रतियोगितामा धेरै विकेट मात्र लिएका छैनन् उनले धेरै विकेट लिएको खेलमा नेपाल विजयी पनि बनेको छ ।

५ खेलमा एक खेलमा अफगानिस्तानसँग पराजित भएको नेपाल अब प्रतियोगिताको अन्तिम खेल पनि मंगलबार अफगानिस्तानसंगनै खेल्दै छ । नेपाल विश्वकपमा छनौट हुन् अन्तिम खेल जित्ने पर्ने भएको छ ।

सन्दीपले प्रतियोगितामा ५ खेलमा २३ विकेट लिएका छन् । सन्दीपले सिंगापुरको विरुद्ध पहिलो खेलमा ५ र दोस्रो खेलमा ४ विकेट लिएका थिए भने मलेसियाविरुद्दको पहिलो खेलमा ५ र दोस्रो आजको खेलमा ७ विकेट लिएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै