• २०८१ बैशाख ४ मंगलबार

ओपो क्यानस्टार ब्लू अवार्डस्द्वारा सम्मानित

kharibot

काठमाडौं । स्मार्टफोन निर्माता, ओपोलाई बहुप्रतिष्ठित क्यानस्टार ब्लू अवार्ड्सद्वारा  ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ श्रेणीमा  सन् २०१७का लागि सम्मानित गरिएको छ । 

क्यानस्टार ब्राण्ड सम्बन्धि सोध तथा रेटिङ प्रदान गर्ने अष्ट्रेलियाकै सर्वाधिक ठूलो मध्यको एक रिसर्च कम्पनी हो । अष्ट्रेलिया स्थित क्यानस्टारले अष्टे«लिया लगायत अन्य राष्ट्रमा कम्पनीले हात पारेको उल्लेखनिय सफलताका लागि यो सम्मान प्रदान गरिएको बताइएको छ । 

सन् २०११मा आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेदेखि आजको दिन सम्म आइपुग्दा ओपो करोडौँ उपभोक्ता संख्याको साथमा विश्वबजारकै चौथौँ ठूलो स्मार्टफोन उत्पादक बनी सकेको छ ।

उपभोक्ताको दृष्टिकोण, प्रत्यक्ष राय तथा सुझावका आधारमा दिइने यो प्रतिष्ठित अवार्ड अन्तर्गत प्रयोगकर्ता मैत्री, खर्चको उचित मूल्य, ब्याट्रीको आयू, क्यामेराको गुणस्तर, गति तथा लुक्स लगायत विभिन्न विधाहरुमा ब्राण्ड मनोनयन तथा अवार्ड प्रदान गरिन्छ । अवार्डका लागि मनोनयनमा परेको पहिलो बर्षमै ओपोले ‘समग्र उपभोक्ता सन्तुष्टि’ लगायत अधिकांश विधाहरुमा पाँच तारे रेटिङ हात पार्न सफल भएको छ । यसले सो विद्यामा ओपोलाई स्पष्ट विजेता घोषित गर्न सघाएको हो । 

‘हामीले आफ्ना उपभोक्तालाई उत्कृष्ट फिचर्स तथा क्यामेरा प्रविधि उपलब्ध गराउने सोचका साथ रिसर्च एण्ड डेभलपमेण्टमा उल्लेख्य लगानी गरेका छौँ । यसका लागि उपभोक्ताको प्रत्यक्ष मतबाट प्रोत्साहन तथा सम्मान हात पार्न पाउँदा हामी निकै गौरवान्वित छौँ ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘यो सफलतालाई थप ब्यापक बनाउँदै सन् २०१८मा समेत गुणस्तरका लागि हाम्रो प्रतिबद्धता जारी राख्न हामीलाई यसले थप प्रेरित गरेको छ । ’

ब्यवसायका रुपमा ओपोले उपभोक्तालाई स्थापनाकाल देखि नै सुपथ मुल्यमा उत्कृष्ट स्मार्टफोन उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले आत्मसात गरेको यही अवधारणा उपभोक्ताको भावना, आवश्यकता तथा चाहनासँग मेल खाएको देखिन्छ । यही कारण स्थापनाको छोटो अवधिमै ओपोले सटिक विक्रेता सञ्जाल स्थापनाका साथै उल्लेख्य फ्यानबेस समेत बसाउन सफल भएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै