• २०८१ बैशाख ७ शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीद्वारा देउवा, ओली र प्रचण्डसँग टेलिफोन सम्वाद 

kharibot

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका मुख्य दलका शीर्ष नेताहरुसँग बिहीबार साँझ टेलिफोन सम्वाद गरेका छन् । 

बाम गठबन्धनले नेपालमा बहुमत ल्याएको अवस्थामा भारतीय प्रधानमन्त्रीले वर्तमान एवं भविष्यका प्रधानमन्त्रीहरुसँग सम्वाद गरेका हुन्।

‘हामी यहाँ अन्तरक्रिया गरिरहँदा प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले टेलिफोन सम्वाद भइरहेको छ', भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिशकुमारले साप्ताहिक प्रेस ब्रिफिङमा भने, 'उहाँहरुबीच के के छलफल भयो म पछि बताउन सक्छु।’

बिहीबार साँझ करिब पाँच बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल क्रमशः सम्वाद गरेका हुन्। नेपालमा निर्वाचनपछि नयाँ सरकार गठनको प्रतीक्षा भइरहँदा भारतीय प्रधानमन्त्रीले नेपालका नेताहरुसँग छलफल गरेका हुन्। 

यसअघि निर्वाचन लगत्तै भारतीय परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नयाँ सरकारसँग काम गर्न आतुर रहेको उल्लेख गरेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै