पृथ्वीनारायण शाहपछि मेरै नेतृत्वमा ठूलो आन्दोलन र बलिदानी भयो : प्रचण्ड 

खरीबोट

फाइल तस्बिर

काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले निर्वाचनबाट प्राप्त जनमतको पार्टी र नेताहरुले सम्मान गर्दै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

बिहीबार देशभक्त गणतान्त्रिक मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरुलाई जनताले जिम्मेवारीको भारी बोकाएको भन्दै देशलाई स्थिरता र विकास दिने बताएका हुन् । 

उनले वामपन्थी गठबन्धन बनाएर निर्वाचन लडेको बताउँदै त्यसलाई जनअनुमोदन भएको टिप्पणी गरे । उनले भने, अब हामी इमानदार भएर अगाडि बढ्नुपर्छ । उनले निर्वाचनले धेरै चुनौतीको समाधान दिएको पनि बताए । संविधान र कानुनको फरक व्याख्या देखिएको बताउँदै उनले भौगोलिक एकता र अखण्डताबाहेक जनमतका आधारमा अन्य कुराको समाधान गर्ने बताए । 

उनले आफूलाई पृथ्वीनारायण शाहसँग तुलना गर्दै शाहपछि आफ्नै नेतृत्वमा ठूलो आन्दोलन र बलिदान भएको बताए । त्यसले नै गणतन्त्र, संघीयता र नयाँ संविधान दिएको दाबी गरे । 

सम्बन्धित समाचार

तपाईहरुले थाहा नभएको दिन पार्टी एकताको घोषणा हुन्छ – प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले एमाले-माओवादी केन्द्रबीच सम्मानजनक, समानता, न्यायोचित आधारमा एकता हुने बताएका छन् ।   लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै प्रचण्डले शनिबार

देशका सम्पूर्ण कम्युनिष्टलाई एकठाउमा आउन प्रचण्डको अपिल 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपील गरेका छन् ।  लेनिनको १४८ औैं जन्म

प्रधानमन्त्री ओली र प्रचण्डको म्याराथुन छलफल : ५०-५० प्रतिशत र जनयुद्ध एमालेले नमान्ने   

काठमाडौँ ।  पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्बीच शुक्रबार पनि गम्भीर छलफल भएको छ ।  गत

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरणका विषयमा अहिले बालुवाटारमा भेटवार्ता भैरहेको छ । मंगलबार भएको एकता संयोजन समितिको बैठकले विवादित विषय मिलाउने जिम्मा