• २०८१ बैशाख ११ मंगलबार

मलेसियामा लागूऔषध मुद्दामा फसेका नेपाली दूतावासको पहलमा स्वदेश फिर्ता 

kharibot

काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले लागूऔषध मुद्दामा फसेका एक नेपाली र अर्का एक अलपत्र नेपालीलाई नेपाल फिर्ता पठाएको छ । क्लालालम्पुरमा रहेको नेपाली राजदूतावासको पहलमा सेक्युरिटी गार्डका रुपमा मलेसिया गएका इलामका भीमबहादुर दियाली स्वदेश फिर्ता भएका हुन् ।

दूतावासका अनुसार उनी मालिकको आदेश पालनाको क्रममा लागूऔषधसहित पक्राउ परेका थिए । उनी गम्भीर मुद्दामा सफाइ पाई गत बुधबार स्वदेश फर्किएका हुन् । उनी १८ मार्च २०१६ मा समातिएका थिए । दूतावासको तत्कालीन परामर्शदाता ल चेम्बर अफ खरेनजित कौर एण्ड एसोसिएट्सको कानुनी प्रतिरक्षापश्चात् निर्दोष रहेको साबित भएका थिए । गत सेप्टेम्बर १५ मा शाह आलम उच्च अदालतले उनी निर्दोष रहेको ठहर गरेसँगै रिहा भएका थिए । मुद्दा हारेका भए उनलाई मृत्युदण्ड समेत हुनसक्ने त्यहाँको कानुनी प्रावधान रहेको दूतावासको भनाइ छ । 

उनी सरकारकै खर्चमा स्वदेश फिर्ता भएका हुन् । यस्तै, दुई वर्षयता मलेसियाको घर फिर्तिकेन्द्रमा रहेका सिराहा घर भएका नेपाली किसुनदेव महतो पनि नेपाल पठाइएका छन् । नेपाली दूतावासले दुवै जनालाई सकुशल घर फिर्ता पठाएको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै