बाढीपीडितको उद्धारका लागि एकीकृतरुपमा सुरक्षाकर्मी परिचालन

खरीबोट

फाइल तस्विर

काठमाडौँ ।  सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको जनाएको छ । 

गृहमन्त्रालयले आज एक सार्वजनिक अपिल जारी गर्दै प्रभावितको खोज तथा उद्धारका लागि तालीम प्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको हो । 

मन्त्रालयले झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके जिल्लाका विभिन्न स्थान बाढी र डुबानबाट बढी प्रभावित भएको भन्दै सरकारका सबै निकायबीच आवश्यक समन्वय गरी प्रतिकार्य अगाडि बढाइएको उल्लेख गरेको छ । 

मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले यस कठिन घडीमा खोज, उद्धार र राहत कार्यमा सहयोग पु¥र्याउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृहमन्त्रालयले आग्रह गरेको बताए । 

देशका विभिन्न नदीको जल सतह बढिरहेको र केही नदीको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नोतर्फबाट उच्च सतर्कता अपनाउन हुनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।  

सम्बन्धित समाचार

रेडक्रसको बाढी प्रभावितको सहयोग सम्बन्धी भेला सम्पन्न : ८ जिल्लामा पुनर्लाभ कार्यक्रम सञ्चालन गरिने 

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले तराई मधेश क्षेत्रका बाढी प्रभावित १९ जिल्लाका शाखाको नेतृत्व र कर्मचारीहरुको भेला चितवनमा शनिवार सम्पन्न भएको छ ।  गत साउनको अन्तिम साता नेपालको तराइ क्षेत्रमा गएको

चिनियाँ राजदुतद्वारा बाढीपीडित दलित परिवारलाई राहत वितरण

बर्दिवास । नेपालका लागि चिनियाँ राजदूत यु होङले आज महोत्तरी लोहारपट्टी नगरपालिका–५ डोठारा बस्तीका २९० बाढीपीडित दलित परिवारलाई राहत वितरण गरे ।  गत वर्ष बाढीले आहत भएका सो बस्तीका मुसहर, दुसाध,

मन्त्रिपरिषदको बैठक: भूकम्प तथा बाढी पीडितलाई थप एक लाख अनुदान, ६५ वर्षमै बृद्ध भत्ता

काठमाडौं । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको

विश्वब्यापी तापक्रम वृद्धिका कारण बाढीको खतरा बढ्दो

बर्लिन, जर्मनी ।  जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् ।  जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा