• २०८१ बैशाख ६ बिहीबार

रमेश र दिपीकाले भने-“तिमी रोएको पल तिमीलाई हसाउन नसकुँला”

kharibot

तस्विर : खरीबोट

काठमाडौँ  ।आगामी कात्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ऐश्वर्य'को रोमान्टिक गीत सार्वजनिक भएको छ ।

रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाई फिचरिङ रहेको सो गीतको छायाँकन सुन्दर देखिएको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीतरहेको छ भने सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतका कोरियोग्राफर तेन्जु योञ्जन र एन्जिला खत्रीले गरेका छन् । 

शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ‘ऐश्वर्य’को गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक रमेश उप्रेतीले ऐश्वर्य‘ऐश्वर्य’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । फिल्ममा रमेश र दीपिकाको अलावा केकी अधिकारी, केशव भट्टराई, निर्मल शर्मा लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

लामो समय अमेरिका बसाईपछि नेपाल फर्किएका रमेश उप्रेतीले 'ब्रासलेट'मार्फत फिल्ममा कमब्याक गरेका थिए । यो फिल्मलाई रमेश उप्रेतीको होम प्रोडक्शन कम्पनीले निर्माण गरेको हो । 

फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसअघि उनले 'स्टूपिड मन'को निर्देशन र 'ड्रिम्स'मा सह-निर्देशकको भूमिका निर्वाहा गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै