रमेश र दिपीकाले भने-“तिमी रोएको पल तिमीलाई हसाउन नसकुँला”

खरीबोट

तस्विर : खरीबोट

काठमाडौँ  ।आगामी कात्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ऐश्वर्य'को रोमान्टिक गीत सार्वजनिक भएको छ ।

रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाई फिचरिङ रहेको सो गीतको छायाँकन सुन्दर देखिएको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीतरहेको छ भने सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतका कोरियोग्राफर तेन्जु योञ्जन र एन्जिला खत्रीले गरेका छन् । 

शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ‘ऐश्वर्य’को गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक रमेश उप्रेतीले ऐश्वर्य‘ऐश्वर्य’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । फिल्ममा रमेश र दीपिकाको अलावा केकी अधिकारी, केशव भट्टराई, निर्मल शर्मा लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

लामो समय अमेरिका बसाईपछि नेपाल फर्किएका रमेश उप्रेतीले 'ब्रासलेट'मार्फत फिल्ममा कमब्याक गरेका थिए । यो फिल्मलाई रमेश उप्रेतीको होम प्रोडक्शन कम्पनीले निर्माण गरेको हो । 

फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसअघि उनले 'स्टूपिड मन'को निर्देशन र 'ड्रिम्स'मा सह-निर्देशकको भूमिका निर्वाहा गरेका थिए ।  

सम्बन्धित समाचार

ऐश्वर्या र रानीको पुरानो दुश्मनी, यी अभिनेता छन् दोषी !

मुम्बई । बलिवुडमा अभिनेत्रीहरुको दुश्मनी नयाँ कुरा होइन । हिरोइन कहिलेपनि साथि हुदैनन् भन्ने चलन नै छ ।  तर पनि कुनै समयका अति मिल्ने साथी दुई चर्चित हिरोइनको दुश्मनी अहिले बलिवुडमा

अभिषेक बच्चन ४१ बर्षका भए, चर्चित रहयो ऐश्वर्यसँगको प्रेम र विवाह

मुम्बई । बलिवुडका अभिनेता अभिषेक बच्चनले आज ४१ बर्षका भएका छन् । बलिवुडका महानायक अमिताभ बच्चन र अभिनेत्री जया भादुरीका सुपुत्र अभिषेक बलिवुडमा अलग्गै पहिचान बनाउन सफल अभिएन्तको रुपमा चिनिन्छन्

फिल्म ‘जस्मिन’मा ऐश्वर्याको नाम जोडेर प्रमोशन गर्न खोजेको आरोप

मुम्बई — केही समय अगाडि बलिउड नायिका ऐश्वर्या रायले नयाँ बन्ने फिल्म ‘जस्मिन’ मा सरोगेट अमाको भूमिकामा खेल्ने बताइएको थियो । तर, यो कुरा फिल्म प्रमोशनको लागि ऐश्वर्याको नाम जोडेको

सञ्जय दत्तकी आमा बन्दै ऐश्वर्य राय बच्चन !

बलिउड । ऐश्वर्य राय बच्चन भारतीय सिने क्षेत्रको निकै चर्चामा आइरहने नाम हो । उनको अहिले फेरी उनले  खेल्ने फिल्मको भूमिकालाई लिएर चर्चा चलिरहेको छ । भारतीय मिडियाहरुले ऐश्वर्य राय