• २०८१ बैशाख ८ शनिबार

भारतको गोरखपुरस्थित अस्पतालमा अक्सिजनको अभावमा ३२ बच्चा सहित ६३ जनाको गयो ज्यान 

kharibot

तस्विर : एएनआइ

नयाँ दिल्ली । भारतको उत्तरप्रदेश राज्यको गोरखपुरस्थित एक मेडिकल कलेजमा अक्सिजनको अभावमा पछिल्लो पाँच दिनमा ६३ जनाको मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार मृत्यु हुनेमा ३२ जना बच्चा रहेका छन् । गोरखपुर स्थित बीआरडी मेडिकल कलेजमा सप्लायर्सले अक्सिजन ग्याँसको आपूर्ति बन्द गरिदिदा विरामीहरुको मृत्यु बह्येको बताइएको छ ।

रिपोर्टसका अनुसार अस्पतालले अक्सिजन ग्याँस आपूर्तिकर्ता कम्पनिलाई करिब ७० लाख रुपिय को भुकतानी नदिदा आपूर्ति रोकेको बताइएको छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको गृहशहर समेत रहेको गोरखपुरमा यस्तो घटना घटेपछि उनको आलोचना भएको छ । मुख्यमन्त्री आदित्यनाथले घटनाको छानविनको आदेश दिदै दोषीलाई कारवाही गर्ने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै