• २०८१ बैशाख १२ बुधबार

ग्रीजम्यानका लागि बार्सिलोना र एथलेटिकोबीच लडाई, फिफामा पर्यो उजुरी 

kharibot

काठमाडौं । ला लिगाका दुई ठुला क्लब बार्सिलोना र एथलेटिको म्याड्रिडबीच खेलाडीका विषयमा विवाद बढेको छ ।

बार्सिलोनाले हाल एथलेटिकोका मिडफिल्डर एन्टोनी ग्रीजम्यानलाई क्लबमा भित्राउन गैरकानुनी रुपमा भेट गरेको भन्दै फिफामा उजुरी परेको छ ।

एथलेटिको म्याड्रिडले ग्रीजम्यान आफुसँग सम्झौतामा रहेको र बार्सिलोनाले ला लिगाको नियम उलंघन गरेको बताएको छ । क्लबले सम्झौता अवधि ६ महिना बाँकी हुदमात्र त्यस्तो सम्पर्क गर्न सकिने नियम हुदाहुदै बार्सिलोनाले सो नियम मिचेको आरोप लगाएको छ ।

एथलेटिकोले ला लिगामा शिर्ष दुई स्थानमा रहेका क्लबको यो प्रतिष्पर्धाले लिगको उपाधिमा असर पर्ने बताएको छ । 

बार्सिलोनाका निर्देशक गुइल्लेरमो अमोरले क्लबका अध्यक्षले ग्रीजम्यानका परिवारलाई भेटेको हुनसक्ने भन्दै कुरकानी हुनु सामान्य भएको बताए ।

बार्सिलोना यस उजुरीमा दोषी पाइएमा दुई ट्रान्सफर सिजनका लागि प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

फ्रेन्च मिडफिल्डर ग्रीजम्यानको एथलेटिकोसँग सन् २०२१-२२ सम्म सम्झौता रहेको र पछिल्लो बर्षदेखि उनि एथलेटिको छोड्ने सोचाइमा रहेका थिए ।

तर गत साता बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले ग्रीजम्यानको परिवारसँग भेट गरेको रिपोर्ट जोबाहिरिएको थियोन । जोसेपले ग्रीजम्यानको एजेन्टको काम सम्हाल्ने उनकी बहिनीसँग भेटेर बार्सिलोनाका अध्यक्ष जोसेपले कुराकानी अगाडी बढाएको स्पेनिस मिडियाले उल्लेख गरेका थिए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै