• २०८१ बैशाख १२ बुधबार

शंखपार्कमा शारिरीक सुगठन केन्द्र  खोलिने 

kharibot

तस्विर : किशोर सेढाई

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको ४ नं  वडाको रहेको शंखपार्कमा आधुनिक सम्पन्न वालक ताथा जेष्ठ नागरिक लगायत सबै उमेर समुहका लागि  सुविधा सम्पन्न शारिरीक सुगठन केन्द्र खोल्ने महानगरपािलकाका प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन्  ।

शनिबार बिहान प्रमुख शाक्यले कामनपा ४ नं वडा अन्तर्गत नँया कोलनी मार्ग, कृष्ण गल्लीनजिक रहेको सार्वजनिक पाखो जग्गामा बृक्षारोपण गर्दै सो कुरा बताएका छन् ।

यसैगरी प्रमुख शाक्यले यसपालि महानगरले बजेट बनाउँदाको नीति तथा कार्यक्रममा पनि हरियालीलाई प्रबद्धन गर्ने नीति ल्याएको बताए । सोही अनुरुप  महानगरले शहरको हरियाली कायम राख्न यस्ता खालका सार्वजनिक जग्गामा क्रमशःबृक्षारोपण गरिदै लाने बताए ।

सोही कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवकृष्ण खरेलले महानगरपालिकाले यस्ता सार्वजनिक पाखो जग्गामा बृक्षारोपण गरि महानगरको हरियाली समृद्ध गरि वातावराण स्वच्छ बनाउनु पर्ने बताए ।आफुले पनि हरियाली कायम राख्न काठमाडौं महानगरपालिकालाई सहयोग गर्ने बताए । 

कार्यक्रममा कामनपा ४ नं वडाका वडाध्यक्ष मोहन बहादुर बिष्टले वडाले अब वडामा रहेका यस्ता सार्वजनिक प्रति जग्गा खोजि खोजि त्यस जग्गमा बृक्षारोपन गरिने बताए । 

कार्यक्रमममा वडाका जेष्ठ नागरिक कीर्तनकृष्ण भटटराई लगायत राजनीतिक दलका दलीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई कामनपा ४ न. वडा कार्यालय, टुंडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्र, नेप्सेम्याक सेवा लगायत ले सहयोग पुन्याएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै