• २०८१ बैशाख ७ शुक्रबार

नेइमारले ब्राजिलको कर विवाद मिलाउन २.४६ मिलियन डलर तिर्ने 

kharibot

फाइल तस्विर

पिएसजीका फरवार्ड नेइमारले ब्राजिलमा चलेको कानुनी लडाईलाई टुंग्याउदै २.४६ मिलियन डलर जरिवाना तिर्न राजी भएका छन् ।

नेइमारका वकिलले सुक्रबार सो जानकारी दिदै लामो समय देखि चलेको कानुनी सकिएको बताए पनि ब्राजिलका कर अधिकारीहरुले भने अझै निर्क्यौलमा नपुगेको बताएका छन् ।

ब्राजिलमा कर अधिकारीहरुले सुरुमा करिन ५३ मिलियन डलर कर वापतको जरिवाना तिर्नु पर्ने बताए पनि नेइमारलाई धेरै राहत दिदै जरिवाना कम गरेका थिए ।

बार्सिलोनाबाट पिएसजी आएको एक साता पछि नै ब्राजिलमा लामो समय देखि चलिरहेको कर विवाद सल्टिएको नेइमारका एक वकिलले बताएका छन् । नेइमार यसअघि स्पेनमा पनि कर छली प्रकरणमा फसेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै