प्रदेश नम्बर २ मा ९ स्थानीय तह थपिदै 

खरीबोट

फाइल तस्विर

काठमाडौँ । सर्वोच्च अदालतले सरकारले यसअघि स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय कार्यान्वयन गर्न बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ ।

सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै उक्त प्रदेशमा ९ वटा थपिएर स्थानीय तहको संख्या १ सय ३६ पुग्नेछ । देशभर कुल स्थानीय तहको संख्या ७४४ बाट बढेर ७५३ हुनेछ । 

स्थानीय तह पुन: संरचना आयोगले प्रतिवेदन बुझइसकेपछि मधेसी दलकै दवाबमा प्रदेश नम्बर २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि हुँदैछ । 

यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुन: संरचना प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएको थियो । जुन सर्वोच्चको आदेशले कार्यान्वयन हुन् सकेको थिएन । 

प्रदेश नम्बर २ हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगर सहित ७७ नगरपालिका हुनेछन् ।
 

सम्बन्धित समाचार

रुपन्देहीको स्थानीयतहको बजेटमा कृषि, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकता

बुटवल । रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन् ।  यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन् । जिल्लाको

स्थानीय तहमा कर्मचारी अभाव

बागलुङ । गठन भएको महिनौ बित्दा समेत यहाँका स्थानीय तह कर्मचारीविहीन छन् ।  निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच पाँच वटा वडा

कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

काठमाडौँ । संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानून नबन्दा काममा ढिलाइ भएको छ ।  नेपालको संविधान २०७२ को धारा २१७ मा कानून बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका

स्थानीय तहमा कहिले आउँछन् कर्मचारी ?

बाबियाचौर(म्याग्दी)। यहाँका जनप्रतिनिधिले क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई स्थानीय तहमा कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।  बेनीमा सोमबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक अर्यालको उपस्थितिमा भएको जनप्रतिनिधि, कार्यालय प्रमुख र राजनीतिक दलबीच