• २०८१ बैशाख १३ बिहीबार

इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा आर्सनलको रोमान्चक जित 

kharibot

आर्सनलका ओलिभर जिराउड गोल गरेपछि खुशी मनाउदै

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु भएको छ । सिजनको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि रोमान्चक जित हासिल गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार देखि सुरु भएको प्रिमियर लिगको २६औं सिजनमा घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीलाई ४–३ ले हराउँदै आर्सनलले लिगको यस सिजनमा विजयी सुरुवात गरेको हो । खेलमा ३-३ गोलको बराबरी रहेको बेला सबस्टिच्युडको रुपमा मैदान छिरेका ओलिभर जिराउडले आर्सनलका लागि विजयी गोल गरेका थिए । 

खेलको दोस्रो मिनेटमा नै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएपनि त्यसको तीन मिनेटपछि शिन्जी ओकाजाकीले गोल गर्दै लेस्टरका लागि बराबरी गोल फर्काएका थिए । 

२९ औं मिनेटमा लेस्टरका जेमी भर्डीले गोल गरेपछि लेस्टरले २-१ को अग्रता लिएको थियो तर पहिलो हाफको इन्जुरी समयमा आर्सनलका ड्यानी वेलबेकले बराबरी गोल फर्काउदै पहिलो हाफमा २–२ को बराबरीमा पुर्याएका थिए ।  खेलको ५६औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३-२ को अग्रता दिलाए ।

सबस्टिच्युडको रुपमा मैदान छिरेका आरोन रामसीले खेलको ८३ औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काउदै आर्सनललाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेटपछि जिराउडले गोल गर्दै आर्सनललाई ४–३ को जित रोमान्चक जित दिलाए । लिगको पहिलो खेलमै ७ गोल भएको छ । यो जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै