इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा आर्सनलको रोमान्चक जित 

खरीबोट

आर्सनलका ओलिभर जिराउड गोल गरेपछि खुशी मनाउदै

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु भएको छ । सिजनको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि रोमान्चक जित हासिल गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार देखि सुरु भएको प्रिमियर लिगको २६औं सिजनमा घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीलाई ४–३ ले हराउँदै आर्सनलले लिगको यस सिजनमा विजयी सुरुवात गरेको हो । खेलमा ३-३ गोलको बराबरी रहेको बेला सबस्टिच्युडको रुपमा मैदान छिरेका ओलिभर जिराउडले आर्सनलका लागि विजयी गोल गरेका थिए । 

खेलको दोस्रो मिनेटमा नै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएपनि त्यसको तीन मिनेटपछि शिन्जी ओकाजाकीले गोल गर्दै लेस्टरका लागि बराबरी गोल फर्काएका थिए । 

२९ औं मिनेटमा लेस्टरका जेमी भर्डीले गोल गरेपछि लेस्टरले २-१ को अग्रता लिएको थियो तर पहिलो हाफको इन्जुरी समयमा आर्सनलका ड्यानी वेलबेकले बराबरी गोल फर्काउदै पहिलो हाफमा २–२ को बराबरीमा पुर्याएका थिए ।  खेलको ५६औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३-२ को अग्रता दिलाए ।

सबस्टिच्युडको रुपमा मैदान छिरेका आरोन रामसीले खेलको ८३ औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काउदै आर्सनललाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेटपछि जिराउडले गोल गर्दै आर्सनललाई ४–३ को जित रोमान्चक जित दिलाए । लिगको पहिलो खेलमै ७ गोल भएको छ । यो जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ ।

सम्बन्धित समाचार

जीरउडले आर्सनललाई हार बाट बचाए, साउथहम्पटनसँग बराबरीमा रोकियो 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल साउथहम्पटनसँग बराबरीमा रोकिएको छ ।  आइतबार भएको खेलमा आर्सनललाई सब्स्टिच्युटको रुपमा ७२औ मिनेटमा मैदानमा आएका ओलिभियर जीरउडले खेलको ८८औ मिनेटमा गोल गर्दै हारबाट बचाएका

दश खेलाडीमा सिमित म्यान्चेस्टर युनाइटेडद्वारा आर्सनल पराजित 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ ।  आर्सनलको घरेलु मैदानमा भएको खेलमा युनाइटेड ३ – १ गोल अन्तरले विजयी भएको हो

फुटबल निर्देशक राउल बार्सिलोना छोडेर आर्सनल गए 

काठमाडौँ । बार्सिलोनाका फुटबल निर्देशक राउल सन्ल्लेहिले बार्सिलोना छोडेर इङलिश प्रिमियर लिग क्लब आर्सनलमा नियुक्त भएका छन् । पछिल्लो १५ बर्ष बार्सिलोनामा फुटबल निर्देशक भएर काम गरेका राउलले अर्सनलमा आएको क्लबले मंगलबार

आर्सनलका ओजिल बार्सिलोना आउने वातावारण बन्दै, एजेन्टले दिए यस्तो प्रस्ताव  

काठमाडौँ । आर्सनलबाट खेल्ने जर्मनीका प्लेमेकर मेसुट ओजिल बार्सिलोना जाने विषयमा नयाँ रिपोर्ट बाहिर आएको छ । ओजिलका एजेन्ट डा.इर्कुट सोगुटले ओजिलका विषयमा आर्सनलको प्रस्ताव बार्सिलोनाको व्यवस्थापनसम्म पुर्याएको स्पेनिस मिडियाले उल्लेख गरेका