• २०८१ बैशाख ७ शुक्रबार

आलिया भट्टको यस्तो सपना भयो पुरा 

kharibot

मुम्बई ।  बलिवुड अभिनेत्री आलिया भट्टको छोटो समयको बलिवुड करियरमा नै धेरै सपना पुरा हुदै छन् । 

पछिल्लो समय अलग धारका फिल्म र अभिनयका कारण सफल अभिनेत्रीको दर्जा पाएकी आलियाले बलिवुडका महानायक अमिताभ बच्चनसँग अभिनय गर्ने सपना पुरा हुने भएको छ । 
हाइवे, उड़ता पंजाव, डियर जिन्दगी जस्ता फिल्ममा अभिनय गरेकी आलियाले अमिताब बच्चनसँग ब्रह्मास्त्र फिल्ममा एकै स्क्रिनमा काम गर्ने भएकी हुन् । यस फिल्ममा उनका मनपर्ने कलाकार रणवीर कपुर आलियाको अपोजिट अभिनय गर्दैछन् । 

यस फिल्ममा चर्चित टेलिभिजन अभिनेत्री मोनी रोयले पनि अभिनय गर्ने बताइएको छ । यस फिल्मलाई आयन मुखर्जीले निर्देशन गर्दै छन् भने करन जोहरले निर्माण गरेका हुन् ।  यो फिल्म अगस्त १५ २०१९ मा रिलिज हुने छ । 

यस बर्ष आलियाको बद्रीनाथकी दुल्हनिया रिलिज भएको थियो जुन भारतीय बक्स अफिसमा अत्यन्त सफल भएको थियो ।

त्यस्तै आलियाले अहिलेका अर्का सफल अभिनेता रणवीर सिंहसँग गली ब्यायमा पनि अभिनय गर्दै छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै