• २०८१ बैशाख १३ बिहीबार

द एसेज : तेस्रो टेस्ट जित्दै अस्ट्रेलियाद्वारा एसेज सिरिजमाथि कब्जा  

kharibot

काठमाडौँ । अस्ट्रेलियामा जारी द एसेज सिरिजको तेस्रो टेस्टमा अस्ट्रेलियाले इङल्याण्डलाई एक इनिंग र ४१ रनले विजयी भएको छ ।

टेस्ट क्रिकेटको पाचौ दिन इङल्याण्ड २१८ रनमा अल आउट भएपछि तेस्रो टेस्ट गुमाउदै ५ खेलको सिरिज गुमाएको छ ।

यस टेस्टमा टस जितेर पहिला ब्याटिंग गर्दै ४०३ रन बनाउदा अल आउट भएको थियो । पहिलो इनिङमा इङल्याण्डका मलानले १४० र बेयरस्टोले ११९ रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा कप्तानको दोहोर शतक २३९ रन र शन मार्शको १८१ रनको मद्धतले ६६२ रन बनाएको थियो ।

पहिलो इनिंगमा २५९ रनको अग्रता लिएको अस्ट्रेलियाले इङल्याण्डलाई दोस्रो इनिंगमा २१८ रनमा अलआउट गर्दै खेल जितेको हो । इङल्याण्डका लागि भिन्सले ५५ रन बनाए भने मलानले ५४ रनको पारी खेलेका थिए ।

यस टेस्ट खेलमा हजेलवुडले पहिलो पारीमा ३ र दोसोर इनिंगमा ५ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच दोहोरो शतक बनाएका अस्ट्रलियाका कप्तान स्टिभन स्मिथ बनेका छन् ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै