पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

खरीबोट

फाइल तस्विर

काठमाडौँ ।  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले इन्धन ढुवानी नगर्ने भनी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । 

एशोसियसनले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्दै आजदेखि नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने तथा यही साउन ३१ गतेदेखि पम्पबाट तेल बिक्री वितरण बन्द गर्ने घोषणा गरेको थियो । 

एशोसियसनका अध्यक्ष लीलेन्द्र प्रधानले व्यवसायीका केही माग पूरा भएकाले अहिलको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिए । 

व्यवसायीले चार हजार लि पेट्रोलियम पदार्थ ढुवानी गर्दा पेट्रोलमा करिब ८५ लि र डिजेलमा ५० लि प्राविधिक नोक्सानी हुने जिकिर गर्दै सोहीअनुरुपको नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेका थिए । 

निगमले चार हजार लि पेट्रोलमा ३५ लि र डिजेलमा २४ लि प्राविधिक क्षतिको भर्पाई दिने गरेकामा थप पेट्रोलको १० लि र डिजेलको तीन लि क्षतिको भर्पाई दिने निर्णय गरेपछि आफूहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अध्यक्ष प्रधानले जानकारी दिए । ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानी सम्बन्धमा छ महिनाभित्र अध्ययन गरी सोको प्रतिवेदनका आधारमा थप निर्णय लिने सहमति भएको बताइएको छ । 

सम्बन्धित समाचार

अब पोलिथिन झोलाबाटै पेट्रोलियम पदार्थ

ललितपुर, घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन

पेट्रोलियम व्यवसायीद्वारा नोक्सानीको क्षतिपूर्ति बढाउन माग

काठमाडौँ ।  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले व्यवसायीले अघिसारेका समस्या

रुपन्देहीमा पेट्रोल अभाव

रुपन्देही ।  पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ ।  बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ ।  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले इन्धन ढुवानी नगर्ने भनी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।  एशोसियसनले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्दै आजदेखि नेपाल आयल