• २०८१ बैशाख ४ मंगलबार

निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकको हस्ताक्षर सनाखत आइतबार गर्ने

kharibot

फाइल तस्विर

काठमाडौँ ।  निर्वाचन आयोगले केही दिनअघि विभाजन भएको घोषणा गरेको राप्रपा प्रजातान्त्रिकका सांसद र केन्द्रीय हस्ताक्षर सनाखतका लागि आइतबार बोलाएको छ । 

नेता पशुपतिशम्शेर जबरालगायतले दिएको निवेदनमा समर्थन गर्न चाहने केन्द्रीय सदस्य र सांसदलाई हस्ताक्षर सनाखतका लागि आयोगमा बोलाइएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । व्यवस्थापिका–संसद्मा रहेको दलको कम्तीमा ४० प्रतिशत सांसद र केन्द्रीय सदस्यले पुरानो दल छाड्ने घोषणा गरेमा आयोगमा नयाँ दलका रुपमा मान्यता दिन सक्ने कानूनी व्यवस्था छ । 

राणाको नेतृत्वमा रहेको राप्रपा(प्रजातान्त्रिक)का नाममा नयाँ दलको मान्यताका लागि आयोगमा यही साउन २२ गते निवेदन दर्ता गराइएको थियो । राप्रपाबाट विभाजन भएको राप्रपा(प्रजातन्त्रिक)ले आफ्ना पक्षमा २० सांसद र ६५ केन्द्रीय सदस्य रहेको जिकिर गर्दै आएको छ । 

केही महिनाअघि मात्र एकीकृत भएको राप्रपा एक वर्ष नपुग्दै पुनः टुक्रिएको हो । सरकारमा पार्टीको सहभागिता र नेपालको संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने कि न गर्ने भन्ने विषयमा मतभेद भएपछि पार्टी विभाजन हुन पुगेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै