• २०८१ बैशाख ४ मंगलबार

भृकुटीमण्डपमा सुरु भयो टिभीएसको मेघा एक्सचेन्ज मेला

kharibot

काठमाडौँ । जगदम्बा मोटर्स अन्तर्गतको टिभीएसले काठमाडौँको भृकुटीमण्डपमा आज देखि मेघा एक्सचेन्ज मेलाको सुरुवात गरेको छ । 

पौष ६ गतेसम्म चल्ने चल्ने उक्त मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसंग टि भी एस कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

हाल नेपालमा विक्री वितरण  हुँदै आएका अन्य २ पांग्रे सवारी साधनहरु मध्ये टिभीएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध रहेका छन् । उक्त मेघा एक्सचेन्ज मेला बिगतमा पनि हुँदै आएको थियो र भविष्यमा पनि निरन्तर चलिरहने जनाइएको छ । 

देशको अन्य शहरहरुमा पनि चलिरहेको उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने कुरा कम्पनीले जनाएको छ । एक्सचेन्जमा १० हजार देखि १ लाख सम्मको स्योर सट क्यास छुटको अवसर प्रदान गरिनुका साथै थप मुल्याङ्कनको पनि व्यवस्था गरिएको छ ।

मेलालाई थप आकर्षक, मनोरन्जनात्मक र सुविधा सम्पन्न बनाउन बाइक स्टन्ट, फ्रि बाइक चेक अप, फेस पेन्टिङ्ग, हेल्मेट अनि एसेसोरिज स्टल र विभिन्न खेलहरु प्रदर्शन गरिने छ, मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्नको लागि मेगा एक्सचेन्ज मेलामै तुरुन्त फाइनान्सको सुबिधा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै