चुडामणि शर्मा थुनामुक्त : भ्रष्टाचारको मुद्दा अब विशेष अदालतले हेर्ने

खरीबोट

फाइल तस्विर

कालिका खड्का , काठमाडौँ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा साधारण तारेखमा थुनामुक्ता भएका छन् । 

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा लामो समयको सुनुवाइपछि आज सर्वोच्च अदालतले शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्ने आदेश दिएको हो । 

आदेशमा भनिएको छ, “कानून र आधारबाट शर्मालाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिएको छ, निजलाई आजै थुनामुक्त गरिदिनु भनी प्रहरी कार्यालयमा लेखी पठाइदिनु ।” 

बन्दी प्रत्यक्षीकरणसम्बन्धी आदेशमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सो आयोगको ऐनको व्यवस्था मर्म र मनसायअनुरुप धरौटी माग गरिएको देखिन आएन भनिएको छ । 

विशेष अदालतमा साउन १ गते दायर भएको भनिएको कर निर्धारण गर्दा अनियमितता (राजश्व चुहावट) गरी भ्रष्टाचार गरेको मुद्दामा शर्माउपर गरिएको अनुसन्धान क्षेत्राधिकार भित्रको हो कि होइन भन्ने विशेष अदालतले निष्कर्ष निकाल्ने छ । 

अदालतले साधारण तारेखमा शर्मालाई थुनामुक्त गरेको छ । विशेष अदालतमा भने शर्माको भ्रष्टाचारको मुद्दामा सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले विशेष अदालतमा चलेको मुद्दा यथास्थितिमा राख्न आदेश दिएको थियो तर आज विशेषलाई मुद्दा हेर्नका लागि मिसिलसहित कागजात फिर्ता पठाउन आदेश दिएको छ । अब भ्रष्टाचारको मुद्दा विशेष अदालतले हेर्नेछ । 
आदेशमा भनिएको छ, “कर निर्धारण गर्दा अनियमितता गरी भ्रष्टाचार गरेको मुद्दाबाटै चूडामणि शर्माउपर गरिएको अनुसन्धान क्षेत्राधिकार भित्रको हो होइन ? नेपाल सरकारबाटै अनुमति लिएर प्राप्त गरेको हो होइन ? उसले बद्नियतपूर्ण काम गरेको हो होइन ? विशेष अदालतले नै निरुपण गर्ने हुँदा मिसिल कागजात फिर्ता पठाउनु ।” 

शर्माकी श्रीमती कल्पना उप्रेतीले गैरकानुनीरूपमा थुनामा राखेको जिकिरसहित गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदन माथिको सुनुवाइपछि आज शर्मालाई थुनामुक्त गर्ने आदेश जारी भएको हो । 

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश लिएबमोजिम शर्मालाई थुनामा पनि सर्वोच्च अदालतको आदेशमा गत मंगलबारदेखि न्यायिक हिरासतमा राखिएको थियो । 

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलाशले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलाशमा पठाउन आदेश दिएको थियो । 

कर फछ्र्यौट आयोगका सदस्य सचिवसमेत रहनुभएका शर्मामाथि एनसेललाई स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ उन्मुक्ति दिएको रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।

सम्बन्धित समाचार

चुडामणि शर्माको सुनुवाइ हेर्दाहेर्दैमा, अर्को पेशी आइतबारका लागि तोकियो

 काठमाडौँ, सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदन माथिको सुनुवाइ हेर्दाहेर्दैमा आइतबारका लागि तोकेको छ ।  न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की,

चुडामणि शर्माको सुनुवाइ हेर्दाहेर्दैमा, अर्को सुनुवाई बुधबार हुने

काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि तोकेको छ ।  न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की,

चुडामणि शर्माको मुद्धाको शुक्रबार निर्णय आउने

काठमाडौँ  । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउने भएको छ ।  न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की,

चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण