• २०८१ बैशाख ७ शुक्रबार

डा. गोविन्द केसिको समर्थनमा कैलालीको बौनियामा बृहत र्याली सम्पन्न 

kharibot

कैलाली । त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा.गोबिन्द केसीको समर्थनमा आज जुनकिरी नेपालको आयोजनामा कैलालीको बौनिया बजारमा बृहत र्याली सम्पन्न गरिएको छ । 

डा. केसीको ११औं पटकको अनसनको आज १९ दिन हुदा पनि सरकारले कुनै चासो नदेखाएका कारण अहिल देशका हरेक चेतनशील जनता सडकमा उत्रिएका छन । यस्तै कैलालीको बौनियाका युवाले पनि सडकमा उत्रिएर डॉ केसीका माग पूरा हुनुपर्छ भन्दै आज र्याली गरेका छन । 

र्यालिमा जुनकिरी नेपाल, बौनिया जेसिस, आदर्श सामुदायिक विद्या मन्दिर, युवा सञ्जाल, सन्तोषी जागरण युवा क्लव, लगाएत युवा, ब्यापारी, बुद्धिजीवी, शिक्षक, पत्रकार आदि सबैको बाक्लो उपस्थिति रहेको थियो । बौनियाको चौतारो बाट डॉ गोविन्द केसि को समर्थन मा बिभिन्न नाराहरु सहित सुरु भएको र्यालीले बौनिया बजार लाई परिक्रमा गरी पुन: चौतारोमा कोण सभा गरेको थियो । 

उक्त कोण सभालाई सम्बोधन गर्दै जुनकिरि नेपालका अध्यक्ष सुनिल भण्डारीले यदि सरकारले गोविन्द केसीको मागलाई कार्यान्वयन गर्न आलटाल गरे युवा जमात चुप लागेर नवस्ने वताए । उनले आफ्नो संस्थाले कुनै पार्टिको समर्थन नगरी एक सच्चा देशभक्तको जिवन रक्षा संगै उहाका जायज र जनतामुखी मागहरुको पक्षमा उभिएको बताए । त्यसैगरी बौनिया जेसिसका अध्यक्ष कृष्ण बिष्टले सरकारले डा.केसीका मागहरु बिना संकोच पुरा गर्नुको विकल्प नरहेको बताए ।

उक्त कार्यक्रममा बौनिया युवा क्लव बाट धीरज शाही, युवा सन्जाल बाट मिलन ओली लगायतले मन्तव्य राखेका कुरा बौनियाबाट जुनकिरी नेपालका अध्यक्ष सुनील भण्डारीले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै