• २०८१ बैशाख ७ शुक्रबार

नासाले पत्ता लगायो एलियन सोलार सिष्टम !

kharibot

उत्तर अमेरिका । अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्ष अनुसन्धानमा महत्वपूर्ण सफलता हात पारेको छ । नासाले केपलर स्पेस टेलिस्कोपबाट हाम्रो सौर्यप्रणालीजस्तै अन्तरिक्षमा अर्को ताराप्रणाली पत्ता लगाएको हो ।

यो तारा प्रणाली पहिले नै खोजी गरिए पनि यसमा आठवटा ग्रहहरुले यसको परिक्रमा गरिरहेको तथ्य भने पहिलोपटक पत्ता लागेको हो । यसमा सूर्य वा सोही किसिमको ताराको परिक्रमा गर्ने मामिलामा केपलर ९० सिष्टमलाई हाम्रै सौर्यप्रणालीसँग तुलना गर्न सकिने नासाले बताएको छ । 

मुख्य कुरा त यो खोज गुगलसँग सम्बन्धित आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धि) अर्थात् एआईको मद्दतले गरिएको हो । यसले मानव बस्नयोग्य ग्रहको खोजीमा मद्दत गर्दछ । केपलर ९० सोलार सिष्टमको यो आठाँै ग्रहको नाम केपलर ९०आई हो । गुगल र नासाको यो प्रोजेक्टद्वारा हाम्रो जस्तै सौर्यमण्डलको खोजबाट कुनै न कुनै ग्रहमा एलियन (अर्कै ग्रहमा बस्ने जीवित प्राणीहरु) बारेको रहस्योद्घाटन हुने अपेक्षा गरिएको छ । 

रोचक त के छ भने केपलर ९० को ग्रहहरुको व्यवस्था हाम्रो सौर्य मण्डल जस्तै रहेको छ भने यसमा साना ग्रहहरु आफ्नो ताराको नजिक रहेका छन् र ठूला ग्रह त्यसको तुलनामा टाढा छन् । नासाको अनुसार यो खोजमा पहिलोपटक कुनै न कुनै तारा प्रणालीमा हाम्रो जस्तै परिवार रहेका हुनसक्छन् । यो तारामण्डल पृथ्वीबाट करिब २ हजार ५ सय ४५ प्रकाश वर्ष टाढा रहेको छ । 

टेक्सास युनिभर्सिटीको नासा सगन पोष्ट डाक्टरल फेलो अर्थात् खगोलविज्ञ एन्ड्र्यू वाण्डबर्गका अनुसार नयाँ ग्रह पृथ्वीभन्दा करिब ३० प्रतिशत ठूलो रहेको मानिएको छ । उनका अनुसार यसमा बढी भाग चट्टान रहेको र वातावरण पनि त्यति बाक्लो नरहेको बताइएको छ । सतहको तापक्रम केही बढी छ । सतहको औसत तापमान करिब ८०० डिग्री फरेनहाइट हुनसक्ने उनको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै