नासाले पत्ता लगायो एलियन सोलार सिष्टम !

खरीबोट

उत्तर अमेरिका । अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्ष अनुसन्धानमा महत्वपूर्ण सफलता हात पारेको छ । नासाले केपलर स्पेस टेलिस्कोपबाट हाम्रो सौर्यप्रणालीजस्तै अन्तरिक्षमा अर्को ताराप्रणाली पत्ता लगाएको हो ।

यो तारा प्रणाली पहिले नै खोजी गरिए पनि यसमा आठवटा ग्रहहरुले यसको परिक्रमा गरिरहेको तथ्य भने पहिलोपटक पत्ता लागेको हो । यसमा सूर्य वा सोही किसिमको ताराको परिक्रमा गर्ने मामिलामा केपलर ९० सिष्टमलाई हाम्रै सौर्यप्रणालीसँग तुलना गर्न सकिने नासाले बताएको छ । 

मुख्य कुरा त यो खोज गुगलसँग सम्बन्धित आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धि) अर्थात् एआईको मद्दतले गरिएको हो । यसले मानव बस्नयोग्य ग्रहको खोजीमा मद्दत गर्दछ । केपलर ९० सोलार सिष्टमको यो आठाँै ग्रहको नाम केपलर ९०आई हो । गुगल र नासाको यो प्रोजेक्टद्वारा हाम्रो जस्तै सौर्यमण्डलको खोजबाट कुनै न कुनै ग्रहमा एलियन (अर्कै ग्रहमा बस्ने जीवित प्राणीहरु) बारेको रहस्योद्घाटन हुने अपेक्षा गरिएको छ । 

रोचक त के छ भने केपलर ९० को ग्रहहरुको व्यवस्था हाम्रो सौर्य मण्डल जस्तै रहेको छ भने यसमा साना ग्रहहरु आफ्नो ताराको नजिक रहेका छन् र ठूला ग्रह त्यसको तुलनामा टाढा छन् । नासाको अनुसार यो खोजमा पहिलोपटक कुनै न कुनै तारा प्रणालीमा हाम्रो जस्तै परिवार रहेका हुनसक्छन् । यो तारामण्डल पृथ्वीबाट करिब २ हजार ५ सय ४५ प्रकाश वर्ष टाढा रहेको छ । 

टेक्सास युनिभर्सिटीको नासा सगन पोष्ट डाक्टरल फेलो अर्थात् खगोलविज्ञ एन्ड्र्यू वाण्डबर्गका अनुसार नयाँ ग्रह पृथ्वीभन्दा करिब ३० प्रतिशत ठूलो रहेको मानिएको छ । उनका अनुसार यसमा बढी भाग चट्टान रहेको र वातावरण पनि त्यति बाक्लो नरहेको बताइएको छ । सतहको तापक्रम केही बढी छ । सतहको औसत तापमान करिब ८०० डिग्री फरेनहाइट हुनसक्ने उनको भनाइ छ । 

सम्बन्धित समाचार

अमेरिकाको एरिजोनामाथि उडान भरिरहेका पाइलटले भेटे एलियन जहाज !

उत्तर अमेरिका । अमेरिकाका व्यावसायिक पाइलटले एरिजोना भूमिमाथि आकाशमा अनौठो एलियन जहाज देखेको बताएका छन् । उनीहरुले उडान भरिरहेका बेला अनौठो वस्तु ककपिटबाट देखिएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले सार्वजनिक गरेको रेडियो

अनौठो त्रिकोणात्मक वस्तु चन्द्र सतहमा, के एलियन भेटिएकै हो त ? (भिडियोसहित)

कन्स्पिरेसी थिअरिष्ट (जो अपत्यारिला र असाधारण कुरामा विश्वास गरेर कुनै पनि घटनालाई नयाँ ढंगबाट शंका गर्छन्)हरुले चन्द्रमाको सतहमा चलिरहेको त्रिकोणात्मक आकारको वस्तुलाई आधार मान्दै एलियनहरुको आधारभूमि नै चन्द्रमा भएको आफूहरुले

नासाले पत्ता लगायो एलियन सोलार सिष्टम !

उत्तर अमेरिका । अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्ष अनुसन्धानमा महत्वपूर्ण सफलता हात पारेको छ । नासाले केपलर स्पेस टेलिस्कोपबाट हाम्रो सौर्यप्रणालीजस्तै अन्तरिक्षमा अर्को ताराप्रणाली पत्ता लगाएको हो । यो तारा प्रणाली

'कन्स्पिरेसी थिअरिष्ट'हरुको दाबी : नासाले एलियनबारेको तथ्य लुकाउँदै छ !

उत्तर अमेरिका । कन्स्पिरेसी थिअरिष्ट (मनगढन्ते व्याख्याता) स्कट सी वेरिंगले नासालाई एलियनबारे धेरै कुरा थाहा भएको दाबी गरेका छन् । नासाले वर्षौँ वर्षदेखि अन्तरिक्ष यानहरुले धेरै तथ्यहरुबारे पत्ता लगाए पनि