• २०८१ बैशाख ७ शुक्रबार

सिटी एक्सप्रेस उत्सव एक्सप्रेस योजनाको बम्पर उपहार विजेता घोषित

kharibot

काठमाडौँ । सिटी एक्प्रेस मनि ट्रान्सफरले “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” उपहार योजनाको बम्फर उपहारको घोषणा गरेको छ । बम्पर उपहारमा रेनौल्टको क्विड आर एक्सएल कारको  विजेताको छनौट गरिएको छ ।

गत मंसिर २८ गते कम्पनीका ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कारको  विजेताको छनौट संयुक्त रुपमा गरेका हुन् । 

यस योजनाको बम्पर उपाह्र साउदी अरबको टेलीमनीबाट जमन तामाङले आफ्नी श्रीमती ईलाम निवासी बिमला देवी तामाङलाई पैसा पठाए वापत विजेता छानिएकी छन् । बिमला देवी तामाङले बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सफल भएकी छन् ।  

विगत लामो समय देखि मनी ट्रान्सफर सम्बन्धी सेवा उपलव्ध गराइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले विभिन्न समयमा विभिन्न प्रकारका सामाजिक कृयाकलापमा भाग लिई सहयोग गर्दै आएको छ भने विभिन्न प्रकारका चाड पर्व लक्षित उपहार योजना समेत सन्चालन गर्दै आइरहेकोछ । यसै सिलसिलामा २०७४ सालको विजयादशमी एवं  शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” उपहार योजना सार्वजनिक गरेको थियो । 

यस उपहार अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का, क्याप, टीसर्ट र किरिङ्ग, साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोवाईल र हरेक महिनामा  एक जना भाग्यशाली विजेताले एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने र उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार  प्राप्त गर्ने घोषणा भएको थियो ।

यस उपहार योजनाको अबधी २०७४ साल भाद्र १८ गते देखि मंसिर १५ सम्मको थियो । यस उपहार योजना अबधीमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का, क्याप, टीसर्ट र किरिङ्ग, साप्ताहिक  रुपमा १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर  प्राप्त गर्न सफल भै सकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेताको छनौट गरिएको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै