समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति मत पाए ?

खरीबोट
ad

काठमाडौं ।  समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३,१७३,४९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,१२८,३८९ मत पाएको छ । 

एमालेले पाएको मत कांग्रेसभन्दा ४५,१०५ मत बढी हो । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १३०३७२१ मत पाएको छ ।

यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल ४७२,२५४ र पाँचौ स्थानको संघीय समाजवादी फोरम नेपालले ४७०२०१ मत प्राप्त गरेको आयोगले जनाएको छ । अन्तिम समयसम्म चौथो स्थानमा रहेको समाजवादी फोरमलाई राजपाले उछिनेको हो । यी पाँच दल मात्र राष्ट्रिय दल बनेका छन् ।

राष्ट्रिय दल बन्न नपाएका दलहरुमध्ये सबैभन्दा धेरै मत विवेकशील साझा पार्टीले ल्याएको छ । विवेकशीलले २१२,३६३ र राप्रपाले १९६,७८२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

राप्रपा प्रजातान्त्रिकले भने ८८,३७७, नयाँ शक्ति पार्टी नेपालले ८१,८३७ र राष्ट्रिय जनमोर्चाले ६२१३३ मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेसभा सदस्य चुनावमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।  

समानुपातिकतर्फ मत पाएका टप १० दलहरु यी हुन् :
 

१. नेकपा एमाले- ३१७३४९४                
२. नेपाली कांग्रेस- ३१२८३८९                     
३. माओवादी केन्द्र – १३०३७२१                          
४. राजपा – ४७२२५४                   
५. फोरम – ४७०२०१       
६. विवेकशील -२१२३६३               
७. राप्रपा – १९६७८२   
८ राप्रपा प्रजातान्त्रिक – ८८३७७                                   
९. नयाँ शक्ति – ८१८३७                     
१०. राजमो – ६२१३३                       

 

सम्बन्धित समाचार

समानुपातिक विज्ञापन वितरण निर्देशिका कार्यान्वयन गर्न अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले आज विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका, २०६९ अविलम्ब कार्यान्वयन गर्नु, गराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ ।  प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघले २०७४

काँग्रेसले समानुपातिक नामावली सच्यायो 

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ ।   काँग्रेसले यस अघि आयोगमा पठाएको मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको

कांग्रेस, माओवादी केन्द्र र राजपालाई समानुपातिक सांसद्को नाम सच्याउन भोलिसम्मको म्याद 

काठमाडौँ । निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर

माओवादी केन्द्रले आयोगमा बुझायो समानुपातिकतर्फका १७ सांसद्हरुको नाम, को-को परे ? 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।  माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना