• २०८१ बैशाख ४ मंगलबार

फेसबुकमा सर्च हिष्ट्री कसरी मेट्ने ? यसरी जोगाउनुहोस् गोप्यता 

kharibot

प्रविधि / इन्टरनेट प्रयोग गर्नेमध्ये धेरैजसो फेसबुकमा नै व्यस्त भइरहेका हुन्छन् । फेसबुकमा धेरै साथी, सेलिब्रेटी, इभेन्ट्स वा आफूले मन पराएका मानिसहरुसम्मलाई खोजीनीति गर्ने गरिन्छ । तर जब प्राइभेसी (गोप्यता)को कुरा आउँछ कहिले कहिले हाम्रो फोन वा ल्यापटप अरुका हात पर्दा ती सबै गोप्य सम्बन्धहरु, कुराहरु अरुले थाहा पाइदिन सक्छन् र तपाईंको पोल खुल्ने डर हुन्छ, त्यसो नहोस् भन्नका लागि फेसबुकको हिष्ट्री नै मेट्न (क्लियर गर्नु) अत्यन्त जरुरी छ । 

कसरी गर्ने ? 

यदि तपाईं फेसबुकको हिष्ट्रीलाई गोप्य राख्न चाहनुहुन्छ भने यसो गर्न सक्नुहुन्छ । तर त्यसो गर्न पनि तपाईं एक्लै भएको बेलामात्रै गर्नु ठीक हुन्छ । 

पहिलो कदम : आफ्नो प्रोफाइल पृष्ठमा जानुहोस् र एक्टिभिटी लगमा भ्यु एक्टिभिटी लोग छान्नुहोस् । कभर इमेजसँगै एउटा अप्सन देखिनेछ । 

दोस्रो कदम : एक्टिभिटी लगमा क्लिक गरेपछि आफ्नो सबै फेसबुक गतिविधिहरु (एक्टिभिटी) तपाईंले देख्न पाउनुहुन्छ । यहाँ नै तपाईंले मोर भन्ने अप्सन देख्नपाउनुहुनेछ । 

तेस्रो कदम : यो अप्सनमा क्लिक गरेपछि तपाईंले धेरै फिचरहरु देख्नुहुनेछ र यही फिचरको सूचीमा सर्च ट्याब पनि देख्नुहुनेछ । 

चौँथो कदम : सर्च ट्याबको तल तपाईंले सर्च गरेको सबै सर्च आइटमहरु समयअनुसार देखिनेछ । 

पाँचौँ कदम : यहाँ नै तपाईंले क्लियर सर्चको अप्सन देख्नुहुनेछ । यसमा एक क्लिक गरेपछि तपाईंको सर्च हिष्ट्री सबै मेटिनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै